दुलारी मल्टिपल बोर्डिङ्ग स्कूलमा विद्यार्थीसंगै अभिभावक पुरस्कृत


सुन्दरहरैचा । फाल्गुन १७ गते

सुन्दरहरैचा नगरपालिका वडा नं. ४ बलिया स्थित दुलारी मल्टिपल बोर्डिङ्ग स्कूलको वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विध्यार्थीका साथमा अभिभावकलाई समेत पुरस्कृत गरिएको छ।

फागुन १५ र १६ गते २ दिने कार्यक्रमको आयोजना गरि स्कूलले महिला अभिभावक विच म्यूजिकल चियर र पुरुष अभिभावक विच हाडी फूटाउने खेलको प्रतिस्पर्दा गराई नगद पुरस्कार प्रदान गरेको हो। म्युजिकल चियर तर्फ शान्ता घिमिरे प्रथम, मन्दिरा विष्ट दोश्रो र आकृति अधिकारी तेश्रो हुनु भएको थियो भने हाँडी फुटाउने पुरुष प्रतियोगितामा जीवन घिमिरे विजयी वन्नु भएको थियो। विजयी अभिभावकलाई जनही १ हजार र ५ सय प्रिन्सिपल टिका पराजुली ले पुरस्कार प्रदान गर्नु भएको थियो।

अभिभावक दिवसको सन्दर्भमा प्रकास पार्दै अभिभावक योगेन्द्र काफ्लेले देसका ठूला सहरका स्कूलले दिने शिक्षा भन्दा मल्टिपल स्कूलले दिने शिक्षा सर्व सुलभ र उत्कृष्ट भएकोले आफूले अन्यत्र लगेका आफ्ना नानीहरु पुनः मल्टिपलमानै ल्याएको र आफू पूर्ण सन्तुष्टि भएको वताउनु भयो। त्यसैगरी वृद्धगंगा बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष दुष्यान्त भट्टराईले कलिला वालवालिका लाई अन्यत्र भन्दा मल्टिपल स्कूल सहज र उत्कृष्ट भएको बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष कैलाश वस्नेतले जेष्ठ अभिभावकहरुलाई सम्मान-पत्रका साथमा दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो।

स्कूलका कार्यकारी प्रमुख टिका राम दाहालको अध्यक्षतामा सम्पन्न २ दिने अभिभावक दिवसको अवसरमा परीक्षामा प्रथम, दोश्रो र तेश्रो हुने विभिन्न कक्षाका विध्यार्थी हरुलाई स्कूलले आकर्षक फ्रेममा प्रमाण-पत्र का साथमा नगद पुरस्कार प्रदान गरेको थियो । भने उक्त अवसरमा ८३ जना जेष्ठ अभिभावक सम्मानित भएका थिए भने ८२३ विध्यार्थी पुरस्कृत भएका थिए। कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल विशाल घिमिरे र विध्यार्थीहरु विपिन बस्नेत, कृपा तिम्सिनाले गर्नु भएको थियो।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x