सुर्यज्योति सहकारीको अर्धबार्षिक समिक्षा सम्पन्न


shiva

सुन्दरहरैंचा/ माघ १५ गते

मोरङको सुन्दरहरैंचा वडा १० मा रहेको सुर्यज्याेति बचत तथा ऋण सहकारी सस्था लिमिटेडले शुक्रबार आफ्नो संस्थाकाे अर्धबार्षिक समीक्षा सम्मपन्न गरेकाे छ।

२०८० पुस सम्मकाे बित्तिय बिवरण र अन्य कार्यक्रमका बिषयमा छलफल गर्दै बार्षिक साधारणसभाबाट तय भएका याेजना हरु सत प्रतिशत पूरा गर्ने अर्धबार्षिक समीक्षाबाट निर्णय गरिएकाे छ । २०८० पुस मसान्तसम्ममा संस्थाकाे कुल पुँजी १५ कराेड ५६ लाख ४ सय ११ रुपैया , जम्मा ऋण लगानी तर्फ १२ कराेड ४५ लाख ३३ हजार, शेयर पुँजी १ कराेड ७५ लाख ५६ हजार र नाफा रु ५१ लाख २४ हजार ८ सय ४१ रहेकाे संस्थाका अध्यक्ष युवराज दाहालले जानकारी दिनुभयाे ।

साथै संस्थाले यसै बर्ष कार्यलय संचालनका लागि २ तले भबन निर्माण कार्य सुरु गर्न लागेकाे र पहिलाे तला कार्यलय संचालन साथै माथिल्लो तला स्मार्ट हल बनाउने तयारी गरेकाे छ। २ सय ५० जना अटाउन सक्ने सभाहल संस्थाका सदस्य परिबारलाई विभिन्न कार्यक्रम गर्न नि:शुल्क दिने समेत समीक्षा कार्यक्रम जानकारी गराईएकाे छ। संस्थाले सदस्यहरुलाई थप सेवा दिदै यस बर्षबाट सदस्य पेन्सन बचत कार्यक्रम समेत सुरु गरेकाे छ ।

 

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x