उद्यमशीलताको विकासमा थप टेवा पुग्ने उद्धेश्यले सुकुना बहुमुखी क्याम्पसमा इनोभेक्स २०८०  संचालन


सुन्दरहरैंचा, एलएन गच्छदार /

सुन्दरहरैचा नगरपालिका-१२ मा रहेको  देशकै गौरव बोकेको  सुकुना बहुमुखी क्याम्पसमा इनोभेक्स २०८०  संचालन  भएको छ । ३ दिन सम्म चल्ने सो कार्यक्रमको समुदघाटन सोमाबार कोशी प्रदेशका उद्योग,कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले गर्नुभयो । व्यापार प्रदर्शनी तर्फ  स्थानीय व्यापार प्रवर्द्धन,  विद्यार्थी कला ग्यालेरी,  पुस्तक स्टालहरु  हस्तनिर्मित शिल्प,  खाना पसलहरू, कृषि स्टलहरू, फोटोग्राफी र मिडिया, गेमिङ जोन, विद्यार्थीहरूको लागि उद्योग एक्सपोजर, ब्यबसायीहरूसँग नेटवर्किङ अवसरहरू, उद्यमशीलता प्रयासहरूको लागि प्रेरणा, व्यवसायहरु संग सम्भावित सहयोग, खोज अन्वेषण प्रदर्शन,  विद्यार्थी परियोजनाहरू, अन्तरविषय शिक्षाको प्रवर्द्धन गर्न इनोभेक्सको आयोजना गरेको हो ।

एसएमसी इनोभेक्समा  बिधार्थीले पढाई संगै  प्रतिभा क्षमता प्रदर्शनी गर्न मदत पुगेको कार्यक्रम संयोजक एलिस ओझाले बताउनुभयो ।  प्राविधिक प्रदर्शनीतर्फ 3D चलचित्र, VR अनुभव, रोबो रेस, सर्किट खेल, आईटी क्विज तथा संगीत र मनोरन्जन विद्यार्थी प्रतिभा प्रदर्शनी, अनप्लग्ड संगीत,  नृत्य,  सांस्कृतिक कार्यक्रम,  कविता वाचन, लाइभ संगीत प्रदर्शन रहने छ ।   

सिकेका बिषयलाई ब्यबहारमा उतार्न र पढ्दै कमाउदै गर्ने उद्धेश्यले प्रोत्साहन मिल्ने भएको भन्दै सुकुना बहुमुखी क्याम्पसका ब्यबस्थापन समिति सदस्य सुरेन्द्र थापाले जनाकारी दिनुभयो ।  ब्यबसायी र बिभिन्न कलेज र स्कुलका बिधार्थीले स्टल  राखेर आफ्नो क्षमता प्रदर्शन गरेका  छन  ।  जसकारण यस किसिमको कार्य गर्न र उधोग खोल्न र ब्यबसाय  बनि राष्ट्रको आर्थिक स्तरमा टेवा पुग्ने समिति सदस्य थापाले धारणा राख्नु भयो ।

विज्ञान प्रदर्शनी तर्फ स्वचालित आगो निभाउने उपकरण, पवन टर्बाइनको काम गर्ने मोडेल, चन्द्रयानको काम, सेभ अर्थ वर्किंग मोडेल, वर्षा हार्वेस्टिङ र एसिड वर्षा,  कण एक्सेलेरेटर,  स्टीम इन्जिन मोडेल,  Lifi परियोजना , ब्लुटुथ नियन्त्रण रेस कार, टेस्ला, कोइल मोडेल, मानव विकास मोडेल 3D होलोग्राम लगयात रहेका छन् । प्रेरक सेमिनार उद्यमशीलताको विकास” सामाजिक उद्यमी बसन्त अधिकारी तथा  अनुभव साझेदारी सत्र “घरेलु उद्यमी सफलताको कथा साझा”  उधोगपति भोलेश्वर दुलाल लगायतले वक्तारुपमा प्रस्तुत हुनेछन ।

 त्यसै प्यानल छलफल “आइडिया जेनेरेसन देखि प्रभुत्व सम्म: उद्यमी बजार अभियान”  प्यानलका सदस्यहरू. मोरङ उद्योग वाणिज्य संघबाट नवीन रिजाल ,  सोल्टी वेस्टेन्ड  होटेल  इटहरीका कार्यकारी निर्देशक विनोद पौडेल  तथा NYEF, विराटनगर च्याप्टर  रोमन कट्टेल रहनेछन  ।  

समुन्नत र समतामूलक समाज निर्माणका लागि शैक्षिक उन्नयन गर्नु सुकुना बहुमुखी क्याम्पसले  दूरदृष्टि राखी भौतिक तथा मानव संसाधनको उच्चतम व्यवस्थापन गर्दै अनुसन्धान केन्द्रित नवप्रवर्द्धनात्मक साधारण, प्राविधिक एवम् व्यावसायिक गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति तयार गर्दै आएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति तयार गर्नु, मानक विश्वविद्यालयको रुपमा क्याम्पसको विकास गर्दै पहुँच विस्तार गर्नु क्याम्पसको लक्ष्य रहेको छ  ।

उच्च शिक्षाका साधारण, प्राविधिक तथा व्यावसायिक धारका शैक्षिक कार्यक्रमहरू सुव्यवस्थित रूपमा सञ्चालन गर्दै , राष्ट्रिय आवश्यकताको परिपूर्ति गर्ने योग्य, दक्ष एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम शैक्षिक जनशक्ति तयार गर्दै आएको क्याम्पस प्रमुख अर्जुन राज अधिकारीले जनकारी दिनुभयो। 

यस कलेजमा सञ्चालित शैक्षिक कार्यक्रमहरू त्रिभुवन विश्वविद्यालय (TU), नेपालसँग आबद्ध छन्। विद्यार्थीहरूको लागि उच्च शिक्षा प्रदान गर्दै मानविकी, शिक्षा, व्यवस्थापन, र विज्ञान (चार वर्ष) मा  स्नातक तह सम्म पठनपाठन हुँदै आएको छ । थप रूपमा, क्याम्पसले स्नातक तहमा सेमेस्टरमा आधारित बीबीए र बीआईसीटीई कार्यक्रमहरू सञ्चालन गरेको छ। स्नातकोत्तर तहमा शिक्षा संकाय र व्यवस्थापन  दुई संकायमा सञ्चालन छन ।

सो कार्यक्रममा सुन्दरहरैंचा नगर प्रमुख केदार प्रसाद गुरागाई, बेलबारी नगरप्रमुख डिपी राई, निवर्तमान प्रदेश सांसद राजकुमार ओझा, इन्द्रपुर साना शहरी खानेपानी सरसफाई आयोजना अध्यक्ष नवराज चापागाईं लगायतको उपस्थिति रहेको थियो । इनोभेक्स समुदघाटन कार्यक्रमको सभाध्यक्षता क्याम्पसका अध्यक्ष  केशव अधिकारीले गर्नु भएको थियो।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x