गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाको अनुकरणिय कार्य


shiva

शिव भट्टराई भोजपुरे। सुन्दरहरैचा 

मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाका पदाधिकारीहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै एक अनुकरणीय कार्य गरेका छन्। उनीहरूले शनिबार देखि टोलमा रहेका अशक्त तथा दीर्घरोगी वृद्ध आमाबुवाको घरघरमा पुगेर सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आशिर्वाद ग्रहण गरेका छन्।

स्थानीय वृद्धवृद्धाको सम्मान र सामाजिक सद्भाव बढाउने उद्देश्यले गरिएको यस कार्यक्रममा संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, पदाधिकारी, सदस्यहरुको सहभागीता रहेको थियो। उनीहरूले बिरामी अवस्थाका आमाबुवालाई आवश्यक सहयोगको प्रतिबद्धता जनाउँदै आत्मीयता प्रकट गरेका थिए।

वृद्ध बुवा आमाको घर दैलो पुग्ने क्रममा बोल्दै टाेल विकास संस्थाका अध्यक्ष केशव भट्टराईले विकासका संरचनामात्र होइन, समाजका असहाय सदस्यप्रति संवेदनशील पनि हुनुपर्छ र उहाँहरूका अनुहारमा मुस्कान ल्याउनु आफ्नो कर्तव्य रहेको बताएका छन्।

स्थानीय बासिन्दाहरूले टाेल विकास संस्थाको यो कदमको खुलेर प्रशंसा गरेका छन्। टोलमा सामाजिक सद्भाव बढाउने यस्ता क्रियाकलापले अन्य संघ–संस्थाहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ।

यस अभियानले समुदायमा वृद्धहरूको महत्व र सम्मानजनक जीवनको सुनिश्चितताप्रति जनचेतना फैलाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x