लुम्बिनी प्रदेशमा करिब नौ लाख हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको छ । यसमध्ये प्रदेशमा चार हजार ४६ वटा सामुदायिक वनको ३८२.८२ हजार हेक्टर क्षेत्रफल रहेको छ । यस वर्षको डढेलोले प्रदेशमा सबैभन्दा बढी दाङ जिल्ला प्रभावित भएको छ ।
१३ वैशाख, लुम्बिनी। बुटवल उपमहानगरपालिका-१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कनु हुन्छ । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उनलाई आजभोलि केही असहज भएको बताउँछन् ।
‘बिहान स्वच्छ शीतल हावामा यसो टहलिन निस्कँदा केही दिनयता आँखा पोल्ने र श्वास फेर्न पनि गाह्रो भएको महसुस भयो’, उनले भने, ‘माथि हेर्यो धुवाँको मुस्लो देखिन्छ, जङ्गल हेर्यो डढेलोले कालै देखिन्छ, रातिमा डढेलोको लप्का देखिन्छ ।’