शिव भट्टराई /
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -६ मा रहेको लाटीझोडा साझेदारी वन उपभोक्ता समुहले वनको संरक्षण र ब्यावस्थापनमा सबैभन्दा उत्कृष्ट काम गरेको मुल्यांकन गर्दै वन विभागले यस बर्ष नेपालमै सर्वोत्कृष्ट साझेदारी वनको रुपमा पुरस्कार राशी जित्न सफल भएको छ।
आज राष्ट्रिय प्रकृतिक संरक्षण कोषको सभाहल , खुमलटार ललितपुरमा,वन तथा भू-संरक्षण वीभागको आयोजनामा
साझेदारी वन राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा लाटिझोड साझेदारी वन उपभोक्ता समुह , सुन्दरहरैंचा नगरपालिका वडा नं ६ ले वनको संरक्षण र ब्यावस्थापनमा सबैभन्दा उत्कृष्ट गरेको मुल्यांकन गरी माननिय वन मन्त्रीको बाहुलीबाट साझेदारी वनका सदस्य टोलि सहित अध्यक्ष यशोन ( मिलन) श्रेष्ठ ज्यू ले ग्रहण गरेका छन्।सो साझेदारी वन समुहले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहीत सम्मान पत्र प्राप्त गरेको हो।