नोवेलमा बिना अपरेसन पाठेघरमा रगतको नशा गुजुल्टो पर्ने समस्याको सफल उपचार


shiva

बिराटनगर/

मासिकश्राव गडबड हुने र अत्यधिक रक्तस्राव हुने समस्याले महिलाहरूलाई सताउने गर्दछ । महिलाहरूमा हुने यस्तो समस्याले उनीहरूलाई शारीरिक तथा मानसिक तनाव दिने गर्दछ भने गर्भाधानमा समस्या हुने वा गर्भपतन हुने जस्ता समस्या पनि हुन सक्ने हुन्छ ।

यस्तै समस्याबाट ग्रसित एक जना २९ बर्सिया महिलाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसूति तथा स्त्रीरोग विभाग र इन्टरमेन्सनल रेडियोलोजी विभागको समन्वयमा विना चिरफार उपचार गरिएको छ ।पूर्वी नेपालमा पहिलोपटक यो प्रविधिबाट सफल उपचार गरिएको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. गणेश देवकोटाले बताए ।

मझरियाका एक महिला विगत धेरै वर्ष देखि महिनावारी गडबड हुने, मासिकश्रावको समयमा अत्यधिक रगत बहने समस्याबाट ग्रसित थिइन् । उनको विवाह पछि दुई पटक गर्भ तुहिएको थियो । एक पटक त पाठेघरको नलीमा गर्भधारण भई अपरेसन गरेरै नली नै फालियो ।त्यसपछि पनि मासिकश्रावको समस्या यथावत् थियो । एक स्थानीय नर्सिङ्ग होममा उपचार गराउँदै गर्दा भारत स्थित एम्स हस्पिटलमा उनलाई रिफर गरियो ।

भारत जान खर्च अभाव भएकाले एक पटक नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल गई जाँच गराउ भन्ने विचारले बिरामी र उनका अभिभावक नोवेल आएका थिए ।चेक जाँचको क्रममा नोवेलका प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रा. डा. शान्ति सुवेदीले अल्ट्रासाउन्ड गर्दा पाठेघरमा रगतको गुजुल्टो रहेको थाहा पाइन् ।

डा. सुवेदीका अनुसार बिरामीको अल्ट्रासाउन्ड गर्दा उनको पाठेघरमा पानीको पोखरीमा भुमरी आएको जस्तो देखिने रगतको गुजुल्टो रहेको थियो । जसलाई मेडिकल भाषामा ‘आर्टेरियोभेनस मालफरमेशन’ भनिन्छ । बिरामीलाई यसै कारणले बढी रगत बग्ने समस्या आएको थियो ।

यसको उपचारको लागि पाठेघर नै फाल्नु पथ्र्यो तर बिरामीले नर्सिङ्ग होममा नै गराएर आएको एमआरआईको रिपोर्टको र अल्ट्रासाउन्डको रिपोर्टको आधारमा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.गणेश देवकोटाबाट इन्टरभेन्सनल रेडियोलोजी प्रविधिको सहायताले रगतको गुजुल्टोको उपचार गर्ने समन्वय भयो ।डा. सुवेदीले भने । ‘खर्चको हिसाब गर्दा भारत गएर उपचार गर्दा जति खर्च हुन्छ त्यसको आधाको पनि आधा खर्चमा सफल उपचार भएको छौँ । त्यस पछिको स्क्यानहरूले पनि बिरामीको समस्याको राम्रो उपचार भएको देखाएको छ ।’नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. गणेश देवकोटाका अनुसार प्रसूति तथा स्त्री रोग विभागका प्रा. डा. शान्ति सुवेदीले बिरामीको बारेमा जानकारी दिएकी थिइन् ।

त्यसपछि थप जाँचहरू पश्चात् बिरामीको समस्याको उपचारको लागि यूटेराइन आर्टरी इम्बोलाइजेसन भन्ने प्रविधिबाट उपचार गर्ने तयारी गरियो ।उक्त प्रविधि, त्यसको फाइदा र हुन सक्ने समस्याहरूको बारेमा बिरामी र उनको अभिभावकसँग छलफल पछि उनीहरु उपचारको लागि तयार भएको डा. देवकोटाले बताए । उनले उक्त प्रविधिबाट उपचार भएपछि बिरामीको पाठेघरबाट रगत बग्न रोकिएको बताए ।बिरामीको समस्या र उपचारबारे जानकारी बिरामीका श्रीमानले भने ‘बिरामीको मासिकश्रावको समस्याको लागि नर्सिङ्ग होममा उपचार गराउँदा कि त भारत जानु कि त काठमाडौं जानु भनेका थिए तर एक जना मित्रले एक पटक नोवेलको आईभिएफमा पनि जाँच गराउनु भनेकाले नोवेलमा आएर जाँच गराएको र डा। शान्तिले नै उपचार सहज बनाई दिनु भएको छ । अहिले बिरामीलाई धेरै राम्रो भएको छ ।’

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x