सुन्दरहरैचा :
गत असार १ गतेका दिन मोरङको सुन्दरहरैचा ५ फोक्लेणड टापुको बुढीखोला किनरमा तटबन्ध तार जाली लगाउने कार्य भैरहेको थियो। त्रिवेणी तटबन्ध निर्माण समितिका सचिव भोजराज गौतम त्यहाँ काम लगाउन खटिएका थिए।
केहि युवाहरुले काम गर्न अवरोध गरेपछि सचिव गौतमले निर्माण समितिको अध्यक्ष बजरमणि राईलाई फोन सम्पर्क गरी युवाहरुले काम गर्न रोकेको जानकारी गराए।
त्यसको केहि समयपछि अध्यक्ष राई उक्त स्थानमा आई ती युवाहरुलाई सम्झाउन लागे। केहि समयको भनाभन पछि ती युवाहरु आफ्नो बाटो लागे . नजिकै अस्थायी प्रहरी चौकी बलिया प्रहरीलाई बोलाएर उनीहरुलाई सम्झाउन बुझाउन घर तर्फ जाँदैगर्दा बाटो ढुकेर बसेका प्रहरी लगायत समितिका अध्यक्ष र सचिवलाई ढुंगामुढा गर्दै धारिलो हतियार प्रहार गर्न थालेपछि उनीहरु सबै जना भागे। त्यहिँ भाग्ने क्रममा सचिव गौतमलाई उनीहरुले मरणासन्न हुने गरी कुटे।
उनलाई रडले टाउकोमा खुट्टा सबै तीर कुटपिट गरेर उनीहरु त्यहाँबाट भागे। त्यसपछि उनलाई बिराट टिचिंङ्ग हस्पिटल लगियो। त्यसको भोली पल्टै असार २ गते छोरा पुष्पराज गौतमले कुट्नेहरु सुनसरी इटहरी ३ खोर्साने टोलका हिमाल राई,विकास राई र कालु राई बिरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दर्ता गरे।
जाहेरी त दर्ता गर्यो तर,कुटपिटमा संलग्न तीनै जना सुनसरीको भएको भन्दै यो जाहेरी इलाका प्रहरी कार्यालय पठाउने भनेर पिडितका छोरालाई घर पठायो। पटक - पटक प्रहरीमा जाँदा हामी खोज्दै छौ,अब चांडै पक्राउ गर्छौ भनेर झन्डै एक महिना बित्न लाग्दा पनि प्रहरी पक्राउ नगरेपछि बुधबार घटनास्थलमै न्यायको लागि पिडित पक्षले पत्रकार सम्मेलन गर्दै उनीहरु खुलेआम हिड्दा पनि पक्राउ नगरेको भन्दै प्रहरी माथिनै आशंका ब्यक्त गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष राईले प्रहरीले हुन्छ हामी खोज्दै छौ भन्ने जवाफ दिएको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीको रबैया ठिक नभएको बताए।पिडित गौतमको श्रीमति शान्ति गौतम पनि श्रीमानको अवस्था नाजुक रहेको उनीहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न पिडितलाAई न्याय दिन माग गरेकी छन्।
स्थानीयले उनीहरुको कारणले गर्दा फोक्लेणड टापुको सिंगो गाउँ नै आतंकित भएको र बिहान बेलुका बाहिर निस्कन पनि डरमर्दो भएकाले तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याई पिडितलाई क्षतिपुर्ति दिन माग गरेका छन्।
नेता तथा जनप्रतिनिधिहरुले पनि चुनवाको बेला गाउलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको र समस्या पर्दा नआएको स्थानीहरुले आरोप लगाएका छन्। उक्त ठाउँ हाईवे रोड देखि ८ किलो मिटर उत्तर बिकटमा पर्दछ। यता,यस बिषयमा बुझन प्रहरी निरिक्षक दाहाललाई सम्पर्क गर्दा घटना घटाउने व्यक्तिहरु सुनसरीको भएको, जाहेरी Aपर्ने बित्तकै इलाका प्रहरी कार्यालयलाई रेफर गरिएको बताएका छन ।
रेफर गरेपनि बेलबारीले आरोपीहरुलाई खोज्ने कार्य भइरहेको पिडितहरुले भने जस्तो प्रहरी कुनै आरोपीलाई समरक्षण गरेको भन्ने भनाइमा कुनै सत्यता नरहेको बताए। उता इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेक बहादुर कार्कीले भने बेलबारीबाट केहि दिन अघिमात्र पक्राउ गर्नु भनेर सूचना आएको बताउदै उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको र उनीहरु चांडै पक्राउ पर्ने बताएका छन ।