पाथिभरा महिला समाजले गर्यो जुत्ता र जुरफ वितरण


shiva

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित लक्ष्मीपुरमा रहेको सुर्य ज्योती आधारभुत विधालयका विधार्थीहरुलाई नि:शुल्क जुत्ता र जुरफ वितरण गरिएको छ ।

सुन्दरहरैंचामा रहेको सामाजिक संस्था पाथिभरा महिला समाजले नि:शुल्क जुत्ता र जुरफ वितरण गरेको हो । करिब १४ हजार रकम बराबरको ३५ जना विधार्थीहरुलाई जुत्ता र जुरफ उपलब्ध गराएको पाथिभरा महिला समाजकी अध्यक्ष योजना शर्माले बताइन् ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं १ कि वडा सदस्य  धारणा खनाल, विधालय व्यवस्थापन समितिका अध्यक्ष, महिला समाजकी संस्थापक अध्यक्ष प्रमिला दुलाल, पुर्व अध्यक्ष सुनिता पोखरेल ढकाल लगायत समाजका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x