पाथीभरा मन्दिरबाट चलचित्र ‘बलिदान’को छायांकन सुरु, भारतका चर्चित फिल्म खिच्ने अत्याधुनिक क्यामेराको प्रयोग


shiva

सुन्दरहरैचा ।

अत्याधुनिक क्यामेरालगायत प्रविधिको पूजा गर्दै बलिदान फिल्मको शुभारम्भ गरिएको छ । चाँडै नै बलिदान हेर्न पाउने भएपछि सबैजना उत्साहित भएका छन् ।

मोरङको सुन्दरहरैचा ८ चन्द्रनगरस्थित प्रशिद्ध पाथीभरा माताको मन्दिरमा छायांकन गर्दै आसुसेन फिल्म निर्माण कम्पनीले ‘बलिदान’ फिल्मको शुभसाइत गरेको छ । तीजको अवसर पारेर बलिदान फिल्मको छायांकन गर्न थालिएको हो ।

बलिदान फिल्मको छायांकन सुरु गरिनुभन्दा अघि पण्डित राखेर हिन्दु धर्मशास्त्रको विधि विधानअनुसार पूजापाठ गरियो । फिल्मको सूरुवात गर्न पुजाआजा गर्दा पन्डितको साथमा फिल्म युनिट सहभागी देखिन्थ्यो । पाथीभरा मन्दिरको मुख्य गेटमा पूजाआजा सकेपछि सिँढी चढ्दै यसरी काँधमा अत्याधुनिक क्यामेरा बोकिएको थियो । मुम्बईबाट ल्याइएको अत्याधुनिक किसिमको क्यामेरा देवी पाथीभराको छेउमै लगियो । देवीलाई क्यामेरा देखाइयो, देवीको दृश्य पनि कैद गरियो । अनि त्यो क्यामेरा आर्शिवाद माग्दै देवीको काखमा राखियो । अनि देवीको पूजा गर्दै पुष्पा, केजीएफ र कल्की जस्ता भारतीय चर्चित फिल्म खिचेका क्यामेराको रोलिङको शुभारम्भ गरियो ।

देवीको साथमा क्यामेरा राखिँदा पण्डितले देवीका मन्त्रहरु पढिदिनु भएको थियो अनि फिल्म युनिटमा सहभागीहरुले भक्तिभावपूर्वक पाथीभरा देवीको पूजाआजा गरेका थिए । फिल्म बनाउँदाको पलको मुख्य सारथि क्यामेराको पनि पुजा गरे । वास्तवमा बलिदान फिल्मको पहिलो छायांकन पाथीधरा देवीको जयजयकार गर्दै यहींबाट शुभारम्भ गरिएको हो । छायांकन सुभारम्भ गरिँदा बलिदान फिल्मको युनिटलाई देखेपछि दर्शनाथीहरुको भिँड लागेको थियो । तीजको अवसरमा मन्दिरमा आएका भक्तजनहरु आफ्नै ठाउँमा फिल्मको छायांकन भएको देख्दा निकै नै उत्साहित देखिन्थे ।

यस बलिदान फिल्ममा भारतका प्रख्यात टेक्निसियन, क्यामेरा, डली लगायत छन् । यस्तै भारत र नेपालका दक्ष अपरेटर, सम्पूर्ण निर्देशन, टेक्निकल र आर्ट डिपार्टमेन्टका क्रु सदस्यहरू रहेका चलचित्र छायांकनको शुभारम्भ गरिएपछि चलचित्रका निर्माता÷निर्देशक सन्तोष सेनले सुन्दरहरैंचा अपडेटलाई जानकारी दिनुभयो ।

बलिदान चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा हुनुहुन्छ । यस्तै अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्मा यस चलचित्रमा देखिनेछन् । यही वर्ष रिलिज हुने चलचित्रको पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम समाप्त भएको हो । अब सुटिङको काम तिब्र गतिले अगाडि बढ्दैछ । सिनेमाको करिब ६० प्रतिशत छायांकन स्टुडियोमा हुनेछ । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताका रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता प्रेम पुरी रहनुभएको छ । त्यसैगरी यस चलचित्रको लेखक बलिराम चौहान ग्याट्सबी (बालिसेन) रहनु भएको छ । यसमा उहाँकै पटकथा र संवाद पनि रहेको छ ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x