सुन्दरहरैचा/
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुन्दरहैंचा आउनु हुने भएको छ । सुन्दरहरैंचामा ५, ६ र ७ मा रहेका २ वटा सडक शिलान्यासका लागि पूर्वप्रधानमन्त्री ओली जेठ १० गते विहीबार सुन्दरहरैंचा आउन लाग्नु भएको हो ।
विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन हुने चन्द्रनगरबाट विश्वविद्यालय हुँदै गोठगाउँ जोड्ने र महेश्वर सुब्बा मार्ग हुँदै लाटीझोडा जोड्ने सडक आयोजनाको शिलान्यास गर्नका लागि ओली सुन्दरहरैंचा आउनु लाग्नु भएको हो ।
जेठ १० गते विहान ११ बजे गोठगाउँमा विशेष समारोहका बीच सडक शिलान्यास गर्ने कार्यक्रम रहेको सुन्दरहरैंचा नगरपालिकाले जनाएको छ । नगरपालिकाले शिलान्यास कार्यक्रममा सहभागी हुन नगरवासीहरुलाई आह्वान समेत गरेको छ ।