पूर्वाञ्चलका कान्छा उदघोषक चेतनसिंह बस्नेत: उत्कृष्ट इभेन्ट म्यानेजर र उद्यमी


shiva
 

सुन्दरहरैचा ।

पूर्वाञ्चलका कान्छा उद्घोषकको रुपमा चिनिने २२ वर्षीय चेतनसिंह बस्नेतले २०० भन्दा बढी कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै उद्घोषण क्षेत्रमा आफ्नो अलग पहिचान बनाएका छन्। बिर्तामोड निवासी बस्नेतले २०२२ मा *“उत्कृष्ट इभेन्ट म्यानेजर मोफसल”* पुरस्कार जित्दै आफ्नो क्षमता प्रमाणित गरेका थिए।

उद्घोषणसँगै उनी *PCS Production Entertainment House* का संस्थापक हुन्। यो कम्पनीले सांस्कृतिक, सामाजिक, र कर्पोरेट इभेन्टहरूको आयोजना र व्यवस्थापनमा विशेषता हासिल गरेको छ।चेतन हाल विधि संकाय (BALLB) मा स्नातक अध्ययन गर्दैछन्। अध्ययनसँगै उनी डिजिटल मार्केटिङमा सक्रिय भूमिका निभाउँदै आएका छन्। व्यवसाय र ब्रान्डलाई डिजिटल प्लेटफर्ममा स्थापित गर्न उनको योगदान उल्लेखनीय छ।

उनको उद्घोषण शैलीमा आवाजको मधुरता, शब्दको सही चयन, र दर्शकसँगको सहज संवाद विशेष छन्। बस्नेत भन्छन्, “म उद्घोषणलाई केवल कामको रूपमा होइन, आफ्नो सपना र पहिचानको रूपमा लिन्छु। म यो माध्यमबाट आफ्नो कला प्रस्तुत गर्दैछु र युवा पुस्तालाई प्रेरणा दिन चाहन्छु। चेतनको यो सफलता र योगदानले उनी पूर्वाञ्चलका युवाहरूका लागि प्रेरणादायक व्यक्तित्वको रूपमा स्थापित भएका छन्।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x