भाद्र २५ गते देखि खोर्साने तेस्रो मिनि मेला सुरु हुने


shiva

सुन्दरहरैचा/

अगामी भाद्र २५ गते देखि सुन्दरहरैंचा नगरपालिका वडा -१२ , खोर्सानेमा खोर्साने तेस्रो मिनि मेला सुरु हुने भएको छ।सुन्दरहरैंचा खोर्साने युवा क्लबको आयोजनामा र सयपत्री इन्टरटेन्डमेन्ट प्रा.लि झापाको व्यवस्थापनमा सो मेला सुरु हुन लागेको हो।

२० दिन सम्म चल्ने उक्त महोत्सव कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई विश्वव्यापीरुपमा प्रवर्द्धन गर्ने उद्धेश्यले संचालन गरेको र सामाजिक हितकालागी काम गर्ने क्लबका अध्यक्ष काजिहांग लिम्बुले पत्रकार सम्मेलन गरी जानकारी दिए।

राष्ट्रिय ख्यातिप्राप्त कलाकार र स्थानिय कलाकारको बेजोड प्रस्तुति संगै नाउरेस , मिकि माउस, रोटेपिङ्ग तथा आकर्षक स्टल सहित रहने महोत्सवका ब्यबस्थापन समिति संयोजक आनन्द बस्नेतले जानकारी दिए।महोत्सव संचालन गर्न ३२ लाख अनुमानित लागत लाग्ने आयोजकले जानकारी दिए।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x