सुन्दरहरैचा।
सुन्दरहरैँचाबाट सञ्चालित मोरङ खबरका सम्पादक पत्रकार रेवती रमण निरौला नेपाल पत्रकार महासंंघ मोरङको भर्खरै सम्पन्न निर्वाचनबाट सहसचिवमा निर्वाचित भएका छन् । खुला सहसचिव पदमा अन्य ३ जना उम्मेदवारलाई पराजित गर्दै निरौलाले जित हात पारेका हुन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको प्यानलबाट उम्मेदवारी दिएका निरौलाले निकटतम प्रतिद्वन्द्वी प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनको प्यानलका उम्मेदवार प्रेम देवानलाई ३५ मतान्तरले पराजित गरेका हुन् । विजयी भएका निरौलाले ९२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी देवानले ५८ मत, स्वतन्त्र उम्मेदवारी दिएका सोनु कुमार दासले १७ मत र तेजन खड्काले १० मत प्राप्त गरेका छन् ।
यता नेपाल पत्रकार समहासंघ मोरङको अध्यक्षमा भने विराटनगरकी सुशीला पाठक निर्वाचित भएकी छन् । प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेकी पाठक १ सय १७ मतसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नवराज कट्टेलले ५९ मत प्राप्त गरे । यस्तै महासंघको उपाध्यक्षमा सन्तोष सिग्देल १०१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उत्तम पोखरेलले ५८ र सरोज बस्नेतले १७ मत प्राप्त गरे । महिला उपाध्यक्षमा तारा आचार्य र विनु तिम्सिनाले बराबर ८२–८२ मत ल्याउँदा रन्जिता पोखरेलले १५ मत प्राप्त गरिन् ।
सचिवमा नेत्र अधिकारी १०९ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी अनिल श्रेष्ठले ७२ मत प्राप्त गरे । समावेशी सहसचिवमा श्यामसुन्दर सुतिहार ९३ मतसहित निर्वाचित हुँदा नविन कर्णले ७८ मत ल्याए । यस्तै कोषाध्यक्षमा कौशल निरौला १३१ मतसहित विजयी भए भने पदम सरदारले ३७ मत प्राप्त गरे ।