सुन्दरहरैचा/
झापा बिर्तामोडको सगुन मेन पावरबाट वैदेशिक रोजगारमा युएई गएका सुन्दरहरैंचाका आनन्द बस्नेत नेपाल फर्किएका छन । बस्नेत मंगलबार नेपाल फर्किएका हुन ।
सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालको पहलमा युएई स्थित नेपाली राजदुतावास, नेपाल सरकारको श्रम मन्त्रालय, युएईमा रहेका सुन्दरहरैंचा नगरपालिका वडा नं ११ का विनोद भट्टराई, विजय राई र वडा नं १२ बस्ने समिर थापाको सहयोगमा साथै वडा नं १२ घर भई हाल अष्ट्रेलिया बस्दै आएका युवा व्यवसायी राजकुमार श्रेष्ठको आर्थिक सहयोगमा बस्नेत बुधवार बिहान युएईबाट नेपाल आइपुगेका हुन ।
अलपत्र भएर युएईबाट नेपाल आएका बस्नेतलाई लिन सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रशाद ढकाल बुधवार बिहान काठमाण्डौ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुगेका थिए । निवर्तमान मेयर ढकालका अनुसार बस्नेतलाई काठमाण्डौबाट विराटनगर पठाई सकिएको छ ।
निवर्तमान मेयर ढकालले मानविय समस्यामा कसैले राजनिती गर्न नहुने भन्दै सुन्दरहरैंचा निवासी बस्नेतलाई नेपाल फर्काउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन ।