लेटाङमा वृहत स्वास्थ्य शिविर सम्पन्न


लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर ५ मा वृहत स्वस्थ्य शिविर सञ्चालन गरिएको छ । ५ नम्बर वडा कार्यालयको आयोजनामा स्थानीय सूर्य आधारभुत विद्यालयमा त्यस क्षेत्रका वडावासीलाई गाउँघरमै स्वास्थ सेवा पुर्याउने उद्देश्यका साथ एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले उद्घाटन गर्नु भएको स्वास्थ्य शिविरबाट २ सय ३१ जनाले सेवा लिएका छन् ।

         शिविरमा फिजिसियन डाक्टरको सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, स्त्रीरोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा प्रदान गरिएको वडाध्यक्ष भूम सूर्य मगरले जानकारी दिनुभयो । जसमध्ये ७७ जनाको सुगर, प्रेसर, ग्यास्टिक लगायतका रोगको परिक्षण गरि परामर्श प्रदान गरिएको, ५१ जनालाई हाडजोर्नी तथा नसा रोग सेवा, ६३ जनालाई स्त्रीरोग सेवा, १० जनालाई बालरोग परामर्श सेवा र ३० जनालाई भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । स्वास्थ्य संस्थासम्म जान नसक्ने असाहय तथा आर्थिक अभावका कारण उपचार गराउन नसकेका विपन्न परिवारलाई लक्षित गरि शिविर सञ्चालन गरिएको बताइएको छ ।

विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरका डाक्टरहरले सेवा प्रदान गरेको शिविरमा सेवा लिएका विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । लेटाङ नगरपालिका वडा नम्बर ५ को आयोजनामा, लेटाङ नगरपालिकाको सहयोग तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्रविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x