सहारा नेपाल बिराटचोक सेवा केन्द्रको २८ औं वार्षिक साधारणसभा सम्पन्न


shiva

सुन्दरहरैचा ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारणसभा सभा अन्तर्गत बिराटचोक सेवा केन्द्रको एकाइ सधारणसभा सम्पन्न भएको छ। सुन्दरहरैचा वार्ड नं ८ का वडा अध्यक्ष खेम न्यौपानेको प्रमुख आतिथ्यता रहेको साधारण सभामा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिराटचोक सेवा केन्द्र संचालन उपसमितीका संयोजक चिरञ्जीवी रेग्मीको अध्यक्षता रहेको थियो।

अगामी आर्थिक वर्षमा संस्थाको कार्यक्षेत्र भित्र रहेका सम्पूर्ण स्थानीय तहका सबै वडाहरुमा सेवा विस्तार गरी २ लाख २५ हजार सदस्य पुऱ्याउने र संस्थाको कार्यक्षेत्र भित्र रहेका कुल परिवार संख्याको ४० प्रतिशत परिवारमा वित्तीय सेवा पुऱ्याउने लक्ष्य लिएको संस्थाले बुधबार आफ्नो साधारणसभा सम्पन्न गरेको हो। भुल्के बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा भएको कार्यक्रममा सुन्दरहरैचा वडा नं १२ का वडा महिला सदस्य निलम थापा, केन्द्रीय संचालन समितीका सदस्य गुहेस्वरी कार्की,केन्द्रीय कार्यालयका बरिष्ठ प्रबन्धक रामनारायण प्रधान लगायतले संस्थाको प्रगतिको कामना गरेका थिए।
त्यसै गरि संस्थाको शेयर पुँजी २ अर्ब, बचत १५ अर्ब र ऋण लगानी १४ अर्ब पुर्याउने, संस्थाको दिगोपनाका लागि कोषलाई बृद्धि गरी २ अर्ब पुर्याउने, संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुलाई सामाजिक सुरक्षा योजना अन्तर्गतका सेवा उपलब्ध गराउने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा सुन्दरहरैचा ऊद्योग वाणिज्य संघका प्रतिनिधि रामकृष्ण खड्का, भुल्के बचत तथा ऋण सहकारी संस्थाका सचिव लेखनाथ सापकोटा, व्यावस्थापक श्याम प्रसाद ढकाल, सेवा केन्द्र संचालन उप समितीका सदस्यहरु रञ्जु थापा, भेष बहादुर कार्की, मात्रिका सन्जेल प्रहरी नायब निरिक्षक तेजन लिम्बू, सेवा केन्द्र बेलबारिकि प्रमुख सरिता गिरी सेवा केन्द्र विराटचोककी प्रमुख कुसुम चुडाल, कर्मचारी बलाराम लिम्बू, लिलादेवि लुइटेल, भोजराज भट्टराई, तिर्थ कुमारी कार्की कर्मचारी तथा प्रतिनिधि सेयर सदस्य सहित २१५ जनाको उपस्थिती रहेको थियो। त्यसैगरी कुसुम चुडालले स्वागत मन्तव्य र सेयर सदस्य सन्जु सिटौला बिना थपलिया खरेल र सर्मिला सन्जेलले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

सो अवसरमा लेखा सुपरिवेक्षण समिती प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयोजक उपेन्द्र प्रसाद ओलीले संस्थाको ११ वटा जिल्लामा सेवा केन्द्र रहेको र १ लाख ७३ हजार २ सय ६५ जना रहेको बताए। उक्त कार्यक्रममा अनुगमन कार्यालय सलकपुरका अनुगमन अधिकृत महेश तामाङले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। सोहि अवसरमा सहारा साकोसमा सदस्य रहेकी नरमाया श्रेष्ठले बुहारी बिनिता तमाङ्को असमाहिक निधन बापत १ लाख ८० हजार राहत स्वरुप प्राप्त गरेकी छिन्। उक्त कार्यक्रममा सहारा सकोसका प्रतिनिधि राम नारायण प्रधानले अगामी नीति तथा कार्यक्रमको बारे प्रस्तुत गरेका थिए।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x