सामाजिक बिबाद तथा द्वन्द्व ब्यबस्थापन तालिम सम्पन्न


shiva

सुन्दरहरैचा/

समाजिक बिबाद तथा द्वन्द्व ब्यबस्थापनका लागि एक दिने तालिम कार्यक्रम सोमबार सुन्दरहरैंचामा सम्पन्न भएको छ ।

सुन्दरहरैंचा नगरपालिका वडा ९ कार्यालयमा उक्त तालिमको आयोजना एराइज नेपाल सोसाइटीले गरेको थियो। ३० जना सहभागी महिलाहरुले लिएको सो तालिममा क्षमता विकास र सहजीकरण सीप विकासका लागि अपनाउनुपर्ने विधि, गुण र सीपका विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा एलएन गच्छदार र सनराइज चौधरीले प्रशिक्षण दिएका थिए ।

सहभागी भगवती अर्याल र मन्दिरा उप्रेतीले सहभागीको तर्फबाट बोल्दै तालिम उपलब्धिमुलक भएको र समयाबधि थोरै भएको बताईन।यस्ता कार्यक्रमबाट असन्तुष्ट पक्षहरूको समयमै उचित सम्बोधन गरी समाजमा शान्ति सुव्यवस्थाको अनुभूति आमजनतामा गराउन सकिने बिषयमा जोड दिदै सो वडाका अध्यक्ष प्रकाश श्रेष्ठले द्वन्द्वको सम्भावना न्यून हुने र विद्यमान द्वन्द्वका विभिन्न स्वरूपहरूको व्यवस्थापन र समाधान हुन गई शान्ति सुव्यवस्था, विकासमा टेवा पुग्ने र आकांक्षालाई मूर्त रूप दिन सकिने बताए।

तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य तथा सो वडाका जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दल लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x