सुन्दरहरैचा/
सुन्दरहरैंचा नगरपालिका वडा -१० खिर्सानेमा रहेको सिद्धार्थ माध्यमिक विधालयले कक्षा ११ र १२ मा अध्यरत किशोरीहरुलाई बिहिबार लैंगिक हिंसा तथा सामाजिक समाबेशिकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लैंगिक हिंसा रहित समतामुलक समाज निर्माण गर्न विधालयबाटनै सचेत र जाग्रूप बनाउन हिँसा न्यूनीकरण गर्न सहयोग पुग्ने भन्दै विधालयले रचनात्मक र प्रभाबकारी कार्यक्रम गरेको हो ।
विधालयका अध्यक्ष निलम डुंगानाको सभाध्यक्षता संचालन भएको अभिमुखीकरण कार्यक्रममा विधालयका प्रिन्सिपल अर्जुन बस्नेतले मुलुकका बिभिन्न विधा र फाँटहरुमा महिलाको सफल नेतृत्व रहेको भन्दै ‘हिंसा’ महिलाको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या भएको बताउनुभएको छ । हिंसामा परेका महिलाहरुले इज्जत जोगाउने नाममा समस्या लुकाएर राख्दा त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ उहाँले भन्नुभयो । अभिमुखिकरणबाट सकारात्मक र नकारात्मक प्रभावलाई कसरी लिने र आफ्नो भूमिका के रहने भन्ने बिषयमा समेत जनाकारी गराउनु भयो ।
बिधार्थी किशोरीहरु बिधालय, समाज, आफ्नै साथीभाई, शिक्षक, आफन्तबाट समेत हिँसाको शिकार हुने गर्दछन तर डर र इज्जतमा दाग लाग्छ भनेर कुण्ठित भएर बस्दा हिँसाले प्रसय पाउने भन्दै सुन्दरहरैंचा शिक्षा शाखा प्रमुख लिलादेबी ओझाले यस्ता बिषयमा खुलेर सेयर गर्न आवश्यक रहेको बिधार्थी किशोरीहरुलाई ध्यानआकर्षण गराउनु भयो ।
सो कार्यक्रममा कार्यपालिका सदस्य बबिता खापुंगमाले समेत आफ्ना धारणा राख्नु भएको थियो भने अभिमुखीकरण कार्यक्रमको सहजिकरण सहजकर्ता मानवअधिकारबादी शोभा बंजगाईंले गर्नुभयो ।
मानसिक, सामाजिक, शारीरिक र यौन हिंसा लगायतका विभिन्न प्रकारका हिंसाबाट पीडित वा प्रभावित महिला तथा पुरुष, किशोर किशोरी, आश्रित बालबालिकालाई उद्धार तथा पुनस्र्थापना गर्ने, कानुनी सहयोग तथा मनोसामाजिक परामर्श प्रदान गर्न तथा सुरक्षित आश्रयस्थल सेवाहरु प्रदान गर्न राज्यले समन्वयकारी भूमिका निर्वाह गरेता पनि बिधालयस्तर बाट बिधार्थीलाई यस्ता किसिमको अभुमुखिकरण तालिम गराउन सके थप टेवा पुग्ने थियो । यसको लागि १६ दिने लैंगिक हिँसा बिरुद्ध सचेतना कार्यक्रमले मात्र होइन बिधार्थी किशोरीहरुले समेत शिक्षक, अभिभावक, समाजबाट हिंसा र विभेदमा परिरहेको बिषय प्रति सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन् आवश्यक छ । बिधालयले गरेको यस किसिमको अभिमुखीकरण तालिमबाट समाजलाई परिवर्तनको बाटो तिर डोर्याउन थप ईटा थप्ने काम गरेको छ भने अन्य बिधालयले समेत यस्ता सकारात्मक क्रियाकलापबाट पाठ सिक्न जरुरी छ ।