सिद्धार्थ सेकेण्डरी स्कुलको पुस्तकालय सुबिधा सम्पन्न बन्दै


सुन्दरहरैचा / एलएन गच्छदार 

मोरङको सुन्दरहरैंचा -१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले आफ्नो पुस्तकालयलाई आधुनिक र सुविधा सम्पन्न बनाउँदै नयाँ रुप दिएको छ। विद्यार्थीहरूको अध्ययनमा थप सहजता ल्याउने उद्देश्यले सिद्धार्थको पुस्तकालयमा विभिन्न नयाँ सुविधा थप गरेको हो।

हालै सम्पन्न सुधार परियोजना अन्तर्गत पुस्तकालयमा ३ हजार भन्दा बढी शैक्षिक, साहित्यिक तथा जानकारीमूलक पुस्तकहरू उपलब्ध गराइएका छन्। साथै, डिजिटल अध्ययन प्रणालीलाई ध्यानमा राख्दै कम्प्युटर, इन्टरनेट सुविधा र ई-पुस्तक पहुँच पनि सुरु गरिएको छ। शान्त र अनुकूल वातावरणका लागि विशेष अध्ययन कक्षको समेत व्यवस्था गरिएको छ।

स्कुलका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले भने, “विद्यार्थीहरूमा पढ्ने बानी विकास गर्न र अध्ययन सामग्री सजिलै उपलब्ध गराउन पुस्तकालय विस्तार गरिएको हो। अब विद्यार्थीहरूले विविध विषयमा सजिलै अनुसन्धान गर्न सक्नेछन्।”

विद्यार्थी, शिक्षक र अभिभावकहरूद्वारा नयाँ पुस्तकालयको प्रशंसा गरिएको छ। यसले शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x