सुन्दरहरैँचा/
मोरङको सुन्दरहरैँचामा अन्तर विद्यालय नगर स्तरिय लोकनृत्य प्रतियोगिता हुने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा नगर कार्य समितिले प्रतियोगिता आयोजना गर्ने भएको हो ।
माघ २६ गते शुक्रबार विराटचाेकको मंगल स्मृति प्रतिष्ठान जेसिज हलमा कार्यक्रम हुने छ । बिहिबार एनप्याब्सनले विराटचाेकमा पत्रकार सम्मेलन गर्दै नर्सरी देखि कक्षा २ सम्म जुनियर तथा कक्षा ३ देखि ८ सम्म सिनियर गरी १७ वटा एनप्याब्सनमा आवद्ध विद्यालयका १ सय ५० बढी विद्यार्थीले प्रतियाेगितामा सहभागिता हुने जानकारी गराएकाे छ ।
प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेलाई नगद सहित पुरस्कारको साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने साथै सान्त्वना स्थानसम्मको नृत्यलाई ट्रफी र प्रमाणपत्र दिइने आयाेजक समितिका नगर अध्यक्ष सुरेशकुमार खबासले बताए ।
विद्यार्थीको कला प्रतिभा प्रस्फुटन र क्षमता बिकास गरी संस्कृतिको सम्मान गर्नका लागी प्रतियाेगिता आयोजना गर्न लागिएको भएको एनब्यासन प्रदेश सह-सचिव कमल खनालले बताए । सुन्दरहरैँचा १० स्थित हिमालय इन्ग्लिश स्कुलका प्रिन्सिपल समेत रहेका खनालले प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत, संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने हुनुपर्ने जानकारी दिए ।