सुन्दरहरैँचामा भएको मा. वि स्तरीय खुल्ला कविता प्रतियाेगितामा क्वेष्ट मा.वि.की विद्यार्थी दीपांशु न्याैपाने प्रथम


सुन्दरहरैचा/

माेरङकाे सुन्दरहरैँचा ७ स्थित विराट साहित्य समाजकाे आयाेजनामा कविशिराेमणि लेखनाथ पाैड्यालकाे १४० औ जन्मजयन्तीका अवसरमा मा.वि. स्तरीय खुल्ला कविता प्रतियाेगिता सोमबार सम्पन्न भएको छ। प्रतियाेगिता पाैडेल वन्धु एकता समाज इन्द्रपुर तथा पाैडेल वंश प्रतिष्ठानकाे प्रायाेजनमा भएको थियाे ।

प्रतियाेगितामा क्वेष्ट मा.वि.की विद्यार्थी दीपांशु न्याैपाने प्रथम , सुकुना मा. वि. का विशाल तिम्सिना दाेस्रो , सिद्वार्थ मा.वि.बाट जिया क्षेत्री तृतीय तथा शिक्षा निकेतन मा. वि. की पुजा माझी सान्त्वना भएका छन् । प्रतियाेगितामा विजेता कविहरूलाई क्रमश नगद रू ५ हजार ,४ हजार , ३ हजार र १ हजारका साथमा प्रमाणपत्रद्वारा सम्मानित गरिएको आयाेजक समाजका अध्यक्ष उमानाथ भट्टराईले जानकारी दिए । उनले नगरका ८ वटा मा.वि बाट १६ जाना विद्यार्थीले खुल्ला कविता प्रतियाेगितामा भाग लिएकाे उल्लेख गरे ।

कविता प्रतियाेगितामा नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि थिए । उनले विद्यार्थी जिवनबाटै भाषा, कला र साहित्यमा रूचि बढाउँदै अघि बढ्न जरूरी रहेको बताए । भाषा साहित्य र कलाकाे विकासका लागि नगरपालिकाले सहयाेग गर्ने उल्लेख गर्दै नगरमा प्राज्ञ प्रतिष्ठान गठनकाे लागि प्रकृया अगाडि बढेकाे नगर प्रमुख गुरागाई जानकारी दिए । प्रतियाेगितामा शिक्षासेवी तथा स्रष्टा प्रेमप्रसाद भट्टराई तथा टंक दाहाल निर्णायक रहेका थिए।

कविशिराेमणि लेखनाथ पाैड्यालकाे १४० औ जन्मजयन्तीका अवसरमा आयाेजित मा.वि. स्तरीय खुल्ला कविता प्रतियाेगितामा पाैडेल वंश प्रतिष्ठानका केन्द्रीय महासचिव उद्वव पाैडेल तथा प्रतिष्ठानका नगर अध्यक्ष राजेन्द्रकुमार पाैडेल लगायतले बाेलेका थिए । विराट साहित्य समाजका उपाध्यक्ष विदुर सुवेदीकाे धन्यवाद ज्ञापनबाट भएको कार्यक्रममा स्वागत मन्तव्य एमणि अधिकारी तथा सञ्चालन दिपक न्याैपानेबाट भएको थियाे ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x