सुन्दरहरैंचाकी एक वृद्धालाई ९९ वर्षमा नागरिकता


shiva

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचाकी एक वृद्धाले ९९ वर्षको उमेरमा नागरिकता पाउनु भएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ निवासी ९९ वर्षिया वृद्धा मनमाया अधिकारीले गत पौष २८ गते जिल्ला प्रशासन कार्यालय मोरङमार्फत नागरिकता बनाउनु भएको हो ।संखुवासभाको बाह्रविशे गाविस वडा नम्बर ४ मा वि.सं १९८० चैत्र १ गते जन्मनु भएकी अधिकारीले ९९ सय वर्षको उमेरमा मात्र नागरिकता पाउनु भएको हो ।

 

उहाँलाई जिल्ला प्रशासन कार्यालय मोरङमा, मोरङका प्रमुख जिल्ला अधिकारीले नागरिकता हस्तान्तरण गर्नु भएको थियो । सुन्दरहरैंचा ५ की महिला सदस्य इन्दिरा चापागाईं घिमिरे, नेकपा एमाले वडा कमिटी अध्यक्ष विशाल गुरागाईं र अनेम संघकी मिथिला अधिकारीको पहलमा वृद्धा मनमाया अधिकारीलाई जिल्ला प्रशासन कार्यालय विराटनगर पुर्याएर नागरिकता प्रदान गरिएको हो । उमेरले डाँडा काटिसकेको अवस्थामै भएपनि नागरिकता पाएकोमा अधिकारीले खुशी व्यक्त गर्दै नागरिकता बनाइ दिन सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभयो ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x