सुन्दरहरैंचामा ब्राइटफ्युचर स्पोर्ट्स मिट सुरु ६० भन्दा बढी प्रतियोगिता संचालन हुने


shiva

सुन्दरहरैचा/ 

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा ८ सलकपुरमा रहेको  ब्राइटफ्युचर सेकेण्डरी स्कुलमा  मंगलबार देखि वार्षिक खेल गतिविधि “ब्राइटफ्युचर  स्पोर्ट्स मीट” सुरु भएको छ । तीनदिनसम्म चल्ने खेल गतिविधिमा विभिन्न खेलकुद प्रतियोगिता संचालन हुनेछन् ।

विद्यालय संस्थापक प्रिन्सिपल टिकाराम ढकालले “ब्राइटफ्युचर  स्पोर्ट्स मीट”  कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीको सर्वाङिगण विकासका लागि विभिन्न खेल गतिविधि गर्दै नयाँ र प्रतिभावान खेलाडी उत्पादन गर्न विद्यालयमा हुने यस्ता गतिविधिले सघाउने पुग्ने धारणा व्यक्त गर्नुभयो ।

विद्यालयका प्रिन्सिपल ढकालले  तीनदिने खेल गतिविधि तथा स्पोर्ट्स मिटमा ब्याडमिन्टन, टेवलटेनिस, भलिवल र बास्केटबलका, दौड, हाइजप, लंगजप, कबिता लेखन, निबन्ध लेखन, बादबिबाद लगायत ६० भन्दा बढी प्रतियोगिता संचालन हुने जनाकारी दिनुभयो । कक्षागत  तथा बिधार्थी अन्तरगत सो विधालयमा अध्ययनरत १ हजार २ सय बिधार्थी मध्ये ९ सय बिधार्थीले स्पोर्ट्स मिटमा भाग लिएका छन् ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल ढकालले  विद्यालयले हरेकवर्ष यस्तै कार्यक्रम आयोजना गर्दै आएको जनाकारी दिदैं ३ दिन सम्म  अत्यन्तै मर्यादित र अनुशासित ढंगले सम्पन्न गर्न शिक्षकहरुलाई अनुरोध गर्दै  शैक्षिक पाटो मात्र नभई खेलकुदलाई  पनि उत्तिकै महत्व दिएको बताउनुभयो।

खेलकुद मार्फत आत्मियता पनी बढाउने र  बिधालयले परम्परागत रुपमा गृहकार्यको भारिको साटो विद्यार्थीलाई फरक तरिकाले अब्बल बनाउदै आएको छ भने यस बिधालयले राष्ट्रिय स्तरका खेलाडी समेत उत्पादन गर्न सफल भएको छ ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x