सुन्दरहरैंचा ।
स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता विकास अभिवृद्धि गर्न प्रशिक्षण दिइएको छ । सुन्दरहरैंचा नगरपालिका भित्रका महिला दलित र अल्पसंख्या जनप्रतिनिधिहरुको नेतृत्व सिप विकास प्रशिक्षण प्रदान गरिएको हो ।सुन्दरहरैंचा नगरपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरको संयुक्त आयोजनामा नेतृत्व क्षमता अभिवृद्धि तालिम दिएको छ ।
नगर उपप्रमुख अकलीचौधरीले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकाससँगै उहाँहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा जानकारी प्राप्त गर्नु राम्रो भएको बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा स्थानीय सरकारका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकार, नेतृत्व विकास, सङ्घीयता, मानव अधिकार र विभिन्न तहका सरकारका अधिकार र संवैधानिक व्यवस्था, महिला नेतृत्व विकासका आधारभूत सीपहरूलगायत विभिन्न कानुनी व्यवस्था, सूचनासम्बन्धी हक अधिकार विषयमा महिला जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको नगर उपप्रमुख चौधरीले बताउनुभयो ।
स्थानीय तहमा निर्वाचित भएका महिलाले आफ्ना अधिकार, काम कर्तव्यका विषयमा जानकारी दिने र उहाँहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन सो तालिममा महिला कार्यपालिका र वडा पालिकामा केवल साक्षीको रूपमा मात्र नभएर साँच्चिकै नेतृत्व लिन सक्नेगरी क्षमता विकास गर्न लागिएको तालिम सहभागी भएका महिला जनप्रतिनिधिको भनाई छ । कतिपय स्थानीय तहमा महिलालाई उम्मेदवार बनाउँदा नसोधेरै वा बस्नै पर्छजस्ता बाध्यकारी नियम लगाएका कारण महिला निर्वाचनमा लडेको स्मरण गर्दै आगामी दिनमा महिला नेतृत्वका लागि आफै अगाडि बढ्नु पर्ने समेत बताएका छन् स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका चन्द्रावती भण्डारीले सो तालिमको सहजीकरण गर्नुभएको छ।