सुन्दरहरैंचा नगरपालिकाको बजार अनुगमन निरन्तर


shiva

सुन्दरहरैचा/

सुन्दरहरैंचा नगरपालिकाले उपभोक्ता संरक्षण तथा कालो बजारी नियन्त्रण गर्न, र ब्यबसायीलाई सचेत तुल्याउन बिहिबार देखि नियमित बजार अनुगमन सुरु गरेको छ।सुन्दरहरैंचा नगरपालिका नगर उप-प्रमुख तथा बजार अनुगमन समितिका संयोजक अकली चौधरीको संयोजकत्व संयुक्त बजार अनुगमन सुरु गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय मोरंग, करदाता सेवा कार्यालय बिराटचौक, उधोग बाणिज्य संघ, पत्रकार लगायतका सरकारी निकायका प्रतिनिधिले संयुक्त बजार अनुगमन सुरु गरेको हो। जसमा नगरप्रमुख केदार प्रसाद गुरागाई समेत बजार अनुगमन गर्न आफै लागेका छन।
समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न विगतका वर्षहरुमा जस्तै बजार अनुगमनको कार्यलाई निरन्तरता दिन लागिएको उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक अकली चौधरीको भनाई छ ।

बजार अनुगमन गर्ने क्रममा केहि ठाउँमा कैफियत पाईएको छ भने केहि ठाउँमा नगरमा दर्ता नगरी ब्यबसाय संचालन गरेको भेटिएको छ, केहि ठाउँमा दर्ता गरेपनि नबिकरण नगर्ने पाइएको छ । अनुगमन क्रममा म्याद गुज्रिएको बस्तु भेटिएका स्थानमा मुचुल्का उठाई नगरले बरामद समेत गरेको छ।

अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष अनुगमन तीब्र बनाउँदै आएका स्थानीय निकायले ब्यबसायीलाई जगरूप र सचेत तुल्याएकोमा नियमित अनुगमन गर्नु पर्ने ब्यबसायीको माग छ ।अर्को तर्फ अनुगमन आयो भन्दैमा केहि ब्यबसायी ससंकित हुने र सटर झारेर बन्द गरेको समेत पाइएको छ। बजारलाई स्वच्छ राख्न, उपभोक्ता हकलाई सुनिश्चित गर्न र बजार अनुगमनले टेवा पुर्याउने सुन्दरहरैंचा नगरपालिका प्रमुख प्रसशाकीय अम्बिका प्रसाद चौलागाईं बताउछन । कतिपय बस्तुमा प्याकेजिङ्गमा दर्ता नभएको उत्पादन मिति र सकिने मिति नरहेको र त्यस्ता बस्तुको बेचबिखन गरेको अनुगमनमा भेटिएको चौलागाईको भनाई छ।

अर्को तर्फ उपभोक्ता अधिकारकर्मीहरूले स्थानीय बजार अनुगमन नियमित भए पनि आम उपभोक्ताले राहतको महसुस अझै पाउन सकेको छैन। बजारमा वस्तु र सेवाको माग र आपूर्तिमा उत्पन्न हुनसक्ने विभिन्न समस्याहरूको समाधान गरी बजारलाई स्वस्थ र स्वच्छ तुल्याउन, आम उपभोक्ताहरूको हितको संरक्षण गर्न एवं उपभोग्य वस्तुहरूको सहज उपलब्धता सुनिश्चित गर्न, गराउन बजार अनुगमनको जरुरत अपरिहार्य छ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x