सुन्दरहरैचा/
सुन्दरहरैंचा नगरपालिकामा बिबिध कार्यक्रम संगै लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन भएको छ।नगरपालिकाको आयोजना भएको उक्त कार्यक्रममा लैंगिक हिंसा १६ दिने अभियान समापन कार्यक्रममा नगरपालिकाको परिसरबाट र्याली निकाल्दै बिभिन्न ब्यानर , प्ले कार्ड सहित नारा लगाउदै सुकुना चौरीमा औपचारिक कार्यक्रम सुरु गरिएको थियो।
उक्त कार्यक्रममा लैंगिक हिंसा बिरुद्धमा समाज सुधारक काम गर्दै आएका प्रत्येक वडाबाट १ महिला र १ पुरुष गरी २४ जना र २ वटा सांस्कृतिक संस्था हिमचुली सांस्कृतिक समुह र बांसबारी भजन समुहलाई समान गरेको थियो।
कार्यक्रमलाई नगर प्रमुख केदार प्रसाद गुरागाईंले सम्बोधन गर्ने क्रममा हिंसा आफनै परिवार र ब्यक्तिबाट सुरु हुने हुंदा हाम्रो मानसिक सोचलाई परिवर्तन गर्नु पर्ने बताए। भाषण गरेर मात्र होइन, व्यबहारमा लागु नगरे सम्म लैंगिक हिंसाको अन्त्य हुन सक्दैन आफुबाट नै भेदभाव नगर्ने सोचको बिकास गर्नु पर्ने उल्लेख गरे ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा -१ मा रहेको जनता माध्यमिक विद्यालय र चाँदनी महिला समाजले हिंसा बिरुद्ध जनचेतनामूलक नाटक प्रस्तुत गरेको थियो। उक्त कार्यक्रममा सुन्दरहरैंचाका जनप्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रतिनिधि, सरोकारवला , राजनैतिक दल लगायतको उपस्थिति रहेको थियो।
अझै पनि ग्रामिण भेगका महिलाहरु, ठूला कुलघरानाका महिलाहरु जो इज्जत जाने डरले बाहिर कुरा निकाल्न नसकिरहेका, शहरबजारमा बसेर पनि शिक्षाको पहुँचबाट टाढा भएका महिला तथा बालिकाहरु बढी पिडित देखिन्छन् ।
धन र घमण्डले भरीपूर्ण भई संस्कार नपाएकाहरु, शिक्षित भनाउँदाहरु अर्थात ठूलोठालु हुँ भन्नेहरु, राजनैतिकरुपमा सत्ताको आड पाएका मतियारहरु, नियमित मादक पदार्थ सेवनकर्ताहरु अर्थात नसाको कुलतमा फसेकाहरु, म एक आमाबाट जन्मेको पुरुष हो भन्ने ज्ञान नभएका बिवेकहिनहरुबाट घरपरिवार भित्र वा बाहिर महिलाहरु हिंसाको शिकार हुनपरेको तितो यथार्थ हामीसमक्ष यथेस्ट छन् । महिला हिंसा विरुद्धका प्रयासहरु नभएका होइनन् तर सार्थक प्रयासको खाँचो टड्कारो रुपमा खड्किएको छ ।
सामाजिक लिङ्ग भेदलाई विकासको बाधकका रूपमा लिने हो भने प्रथमत महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्दछ । महिला पुरुषबीचको बिभेदको खाडल नपुरिएसम्म समाजको यथोचित विकास हुन सक्दैन । आजको बिभेदयुक्त समाजमा महिलाका जल्दाबल्दा समस्यालाई समाधान नगरी समाज परिवर्तनको सपना देख्नु भनेको भ्रममात्र हो ।
तेस्रो लिङ्गी, समलिङ्गी आदिलाई अझैपनि समाजमा सहजताका साथ स्वीकार्य छैन । उनीहरूलाई मानवताको पनि ख्यालै नगरी लिङ्गकै आधारमा बिभेद अझै कायमै छ ।