बाबुराम निरौला, सुन्दरहरैचा
सुन्दरहरैंचा नगरपालिका वडा नं. १ हरैंचामा सञ्चालित नगर अस्पताल नगरबासीको स्वास्थ्य उपचारको सहारा बन्दै गएको छ । एक वर्षको अवधीमा अस्पतालले ठूलो सफलता हात पारेको देखिन्छ । आर्थिक वर्ष २०७८।०७९ मा तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रले दश हजार नौ सय सैँतीस बिमारीलाई उपचार सेवा दिएकोमा आ.व. २०७९।०८० मा अठार हजार दुई सय एक जनाले सेवा लिएको देखिन्छ । यो सेवा अघिल्लो वर्षको तुलनामा सात हजार नौ यस चौँसठ्ठीले बढी हो । गत आ.व. को श्रावण महिनामा एक हजार आठ सय अठहत्तर जनाले उपचार सेवा लिएकोमा यस आ. व. को २० दिन बित्दा दुई हजार बढीले सेवा लिइ सकेका छन् । अघिल्लो वर्ष यहि समयलाई तुलना गर्दा तीस प्रतिशतले बढी सेवा लिइसकेका छन् ।
बितेका दुई दिनमा बिमारीको चाप अत्यधिक बढेका कारण १५ बेडलाई बढाएर २५ बेडको सेवा सुचारु गरिएको छ । हाल ३ जना मेडिकल अफिसर र एम.डी. डक्टरबाट भिडियो एक्स–रे सेवा आधुनिक मेसिनबाट ल्याव सेवा सञ्चालनमा रहेको छ । पछिल्ला दिनहरुमा डेँगी रोगको निदानका लागि नगर भरि नै अस्पतालसम्म आउन निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क डेँगीको परीक्षण देखि अस्पतालको बेड र आवस्यकता हेरी अन्य सेवा समेत निःशुल्क गरिएको छ । निःशुल्क वितरण हुने औषधीहरु स्वास्थ्य संस्थामा पर्याप्त अवस्थामा रहेको स्वास्थ्य शाखाले दावी गरेको छ ।
नगर अस्पतालमा आउनेको भिडलाई हेर्दा गुणस्तरिय सेवाका लागि थन्किएर रहेको थाइराइड मेसिन चाँडो सञ्चालनमा ल्याउनुपर्ने देखिएको छ । भवनहरु एकतले र पुराना भएका कारण तत्कालै ट्रष्ट लगाउनु पर्ने र नयाँ भवन निर्माण गर्नुपर्ने अवस्था देखिन्छ । शौचालय थप गर्नुपर्ने आवस्यकता देखिन्छ । सरसफाईका लागि पानी र लुगा धुने मेसिनको आवस्यकता देखिन्छ । माइनर ओ.टी. को सेवा सञ्चालनमा ल्याउन आवस्यक देखिएको छ । कर्मचारीलाई काम गरुँ गरुँ लाग्ने वातावरण सिर्जना गर्न मिटिङ हल निर्माण, बिदाका दिनमा सेवा गरे वापत नियमानुसार भत्ता, समय समयमा तालिमको प्रबन्ध गर्न आवस्यक देखिन्छ ।
त्यसै गरी वडा १ मा रहेको सो अस्पतालमा डेङ्गि संक्रमणको बिरामी बढ्दो छ। सोमबार वडा १ कार्यालयको अगुवाइमा स्प्रे गर्ने अभियान समेत थालनी गरेको छ । अझै बढ्न नदिन न्यूनीकरणमा समेत नगरकोभुमिका उल्लेखनीय छ।
बिमारीहरुले सेवन गर्ने औषधीे सर्वे गरी आवस्यकताका आधारमा आवस्यक औषधी खरिद गर्न पनि आवस्यक देखिएको छ । सर्प दंश उपचार सेवा र पोष्टमार्टम सेवालाई यथाशिघ्र सञ्चालनमा ल्य।उन आवस्यक रहेको देखिएको छ । सुन्दरहरैंचा नगरपालिकामा स्वास्थ्य चौकी ४ वटा, शहरी स्वास्थ्य केन्द्र २ वटा, आभारभूत स्वास्थ्य केन्द्र ५ वटा, गाउँघर क्लिनिक २३ वटा र खोप केन्द्र ३१ वटा सञ्चालनमा रही सेवा प्रदान गरिरहेका छन् ।