सुन्दरहरैंचा/
सुन्दरहरैंचा नगर अस्पताल संचालन तथा व्यवस्थापन समितिको बैठकले २५ वटा महत्वपुर्ण निर्णय गरेका छन । विहीवारका नगर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष रहेका नगरप्रमुख श्री केदार प्रसाद गुरागाईको अध्यक्षतामा बसेको बैठकले अघिल्लो बैठकको निर्णय कार्यान्वयनको समिक्षा, नगर अस्पताल फूलफेजमा संचालन गर्ने सम्बन्धमा, पूर्व / वर्तमान जनप्रतिनिधी / पत्रकारहरूको बीमा गर्ने, फार्मेसी सेवालाई तीन तहमा विभाजन गर्ने लगायतका बिषयमा महत्वपूर्ण निर्णय गरिएको छ ।
गत भदौ १ गते बसेको बैठकले गरेका ८ (नौ) वटा निर्णयहरू मध्ये बजेट विनियोजन गर्ने, दररेट निर्धारण गर्ने, सेवा निरन्तरता दिने, आँखा सेवा संचालन गर्ने, ड्यूटी रोस्टर साप्ताहीक रूपमा बनाउने, सेवा करार सम्झौता गर्ने, पानीटंकी निर्माणका लागि पत्राचार गर्ने निर्णय कार्यान्वयन भएको साथै कार्यान्वयन हुन बाकी रहेका निर्णयहरूलाई आज बिहिबार बैठकको एजेन्डा बनाई कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
नगर अस्पतालमा बढ्दो विरामीहरूको चापलाई मध्यनजर गरी आगामी माघ १ गते देखी नेपाल सरकारले नगर अस्पताल (१५) बेड को अस्पतालमा तोकेको मापदण्ड अनुकूल हुने गरी पूर्वाधार तयार गर्दै अस्पतालको सेवालाई फूलफेजमा संचालन गर्ने गरिएको छ भने उल्लेखित कार्यका लागि वडा प्राविधिकबाट लागत अनुमान तयार गरी पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न नगर कार्यपालिकाको कार्यालय सँगमा लेखि पठाउने निर्णय गरिएको नगर अस्पताल प्रशासन शाखा प्रमुख बाबुराम भट्टराईले जानकारी दिएका छन ।
निर्णय नं. ३ मा छलफल गर्दा आज बसेको बैठकले पूर्व, वर्तमान जनप्रतिनिधी, पत्रकारहरूको स्वास्थ्य वीमा गर्ने सम्बन्धमा भएको छ। नगर अस्पतालको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन २०७४ को निर्वाचनबाट निर्वाचित सबै जनप्रतिनिधि सुन्दरहरैचा नगरपालिकाको सम्पूर्ण नगर सभा सदस्य र सुन्दरहरैचा नगरपालिकामा क्रियाशिल सबै पत्रकारहरूको स्वास्थ्य वीमा गरी उल्लेखित वीमाको प्रथम सेवा केन्द्रको रूपमा सुन्दरहरैचा नगर अस्पताललाई बनाउने निर्णय गरिएको छ । सुन्दरहरैचा नगरपालिकाको १३ औ नगरसभाबाट स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत १२ वटै वडालाई विनियोजन गरिएको रकमको स्वास्थ्य बीमा कार्यक्रम सुन्दरहरैंचा नगर अस्पताललाई प्रथम उपचार केन्द्र विन्दुको रूपमा बनाई अगाडी बढाउन साथै आवश्यक बजेट विनियोजन गर्न नगर कार्यपालिकाको कार्यालयलाई लेखि पठाउने निर्णय गरिएको अस्पताल प्रशासन शाखा प्रमुख भट्टराईले जानकारी बताए ।
यस नगर अस्पतालमा संचालनमा रहेको फार्मेसी सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन नेपाल सरकारले निशुल्क वितरण गर्ने, वीमा सुविधा अन्तर्गत वितरण हुने र सो बाहेकका विक्री हुने औषधीहरूलाई तीन तहमा विभाजन गरी फार्मेसी सेवा संचालन गर्न आबश्यक पूर्वाधार निर्माण कार्य अगाडी बढाउने साथै मिति २०८० माघ १ गते देखि लागू हुने गरी औषधी विक्रीमा दिईदै आएको १० प्रतिशत छुटलाई बढाएर औषधिको प्रकृति हेरी १५ प्रतिशत देखी ३५ प्रतिशत सम्म छुट दिने व्यवस्था मिलाउन सुन्दरहरैचा नगर अस्पताललाई अधिकार प्रत्यायोजन गर्ने साथै उल्लेखित कार्यका लागि लागत अनुमान तयार गरी आवश्यक बजेट विनियोजन गर्न नगर कार्यपालिकाको कार्यालयलाई लेखि पठाउने निर्णय गरिएको छ ।
यस नगर अस्पतालमा जडान गरिएको विद्युत लाईन थ्री फेजको भएको सुन्दरहरैचा नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त भएको जेनेरेटर टुफेजको विद्युत लाईन सप्लाई गर्न सक्ने रहेकोले विद्युत लाईन अबरुद्ध हुँदा जेनेरेटरबाट विद्युत सप्लाई गर्न असहज भएकोले थ्री फेजको लाईन सप्लाई गर्न सक्ने जनेरेटर खरीद प्रक्रिया अगाडी बढाउन आवश्यक देखिएकोले उल्लेखित कार्यका लागि बजेट विनियोजन गर्न नगर कार्यपालिकाको कार्यालयसँग माग गर्ने र बजेट व्यवस्थापन भए पश्चात खरिद प्रक्रिया अगाडी बढाउन सुन्दरहरैंचा नगर अस्पताललाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको उल्लेख अस्पताल प्रशासन शाखा प्रमुख भट्टराईले जानकारी दिएका छन ।
यस अस्पतालमा बढ्दो विरामीको चापलाई मध्यनजर गर्दै सेवा वितरण प्रणालीलाई थप ब्यवस्थित र प्रभावकारी बनाउन डिजिटल टोकन सिस्टमलाई कार्यान्वयनमा ल्याउने निर्णय गरियो साथै उल्लेखित डिजिटल टोकन सिस्टम लागू गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि नगर कार्यपालिकाको कार्यालयमा लेखि पठाउने निर्णय गरिएको छ भने निर्णय नं. ७ नगर अस्पतालको संगठन संरचना पुनःसंरचना गर्ने सम्बन्धमा अस्पतालको सेवा प्रभावकारी बनाउँदै विरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न नगर अस्पतालको संगठन संरचनालाई पुनःसंरचना गर्नु पर्ने देखिएकोले तपसिलमा उल्लेखित व्यक्ति सहितको समिति गठन गरी नगर अस्पताललाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि २०८० पौष मसान्त भित्र कार्य सम्पन्न गर्ने गरी संगठन संरचनालाई पुनःसंरचना गर्न तपसिलमा उल्लेखित समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको छ ।
सुन्दरहरैंचा नगर अस्पतालको सेवालाई सूचना प्रविधीमैत्री बनाउँदै अस्पतालले वितरण गर्ने सेवालाई विस्तार गर्न डिजिटल नागरीक बढापत्र बनाई मिति २०८० मंसिर २० गते भित्र कार्यान्वयनमा ल्याउने कार्यका लागि डिजिटल सूचना पाटी उपलब्ध गराउन सुन्दरहरैचा नगर कार्यपालिकाको कार्यालयलाई लेखि पठाउने साथै आवश्यकता अनुसार नगर अस्पतालको आफ्नै एप्स निर्माण कार्य अगाडी बढाउन सुन्दरहरैचा नगर अस्पताललाई निर्देशन गर्ने निर्णयमा उल्लेख गरेको छ भने निर्णय नं. ९ मा नगर अस्पताललाई आवश्यक पर्ने सबै प्रकारका औषधिहरू सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को अधिनमा रही खरिद प्रक्रिया अगाडी बढाउन सुन्दरहरैंचा नगर अस्पताललाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भट्टराईले जानकारी दिएका छन् ।
निर्णय नं. १० सेवा विस्तार तथा घुम्ती सेवा संचालन गर्ने सम्बन्धमा सुन्दरहरैंचा नगर अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन डेन्टल सेवा गाईनो सेवा र पेडिया सेवालाई विस्तार गर्ने साथै सुन्दरहरैंचा नगरपालिका क्षेत्रका १२ वटा वडामा कम्तीमा एक वडा २ शिविर रहने गरी घुम्ती सेवा संचालन गर्ने र निर्णय नं. ११ कार्यविधी र निर्देशिका निर्माण तथा संसोधन समिति बनाउने सम्बन्धमा नगर अस्पतालको सेवालाई थप व्यवस्थित बनाउन आवश्यक पर्ने कार्यविधी र निर्देशिकाहरू निर्माण र संसोधन गर्ने कार्यका लागि तपसिल बमोजिमको समिति गठन गरी मिति २०८० पौष मसान्त भित्र कार्य सम्पन्न गर्दै अनुमोदनका लागि नगर कार्यपालिकाको बैठकमा पेश गर्ने निर्णय गरिएको प्रशासन प्रमुख भट्टराईले बताए ।
निर्णय नं. १२ पदपूर्ती गर्ने सम्बन्धमा अस्पतालको संगठन संरचना तयार भए पश्चात आवश्यक सबै प्रकारका कर्मचारीहरूको पदपूर्ती गर्ने सम्पूर्ण कार्य गर्नका लागि सुन्दरहरैचा नगर अस्पतालको कार्यालयलाई अधिकार प्रत्यायोजन गर्ने भनिएको छ भने निर्णय नं. १३ अस्पतालको आन्तरीक श्रोत अन्तर्गत संकलन हुने राजश्व रकमलाई ब्यवस्थित र प्रभावकारी बनाउन दैनिक संकलन हुने रकम यस नगरपालिकाको वडा नं. १ हरैचा बजारमा रहेको लुम्बिनी विकास बैंक शाखा कार्यालय हरैचामा जम्मा गर्ने निर्णय गरिएको जनाएको छ ।
सूचना अधिकारी / शाखा प्रमुख तोक्ने सम्बन्धमा निर्णय नं. १४ छलफल गर्दै अस्पतालको सेवालाई अझ प्रभावकारी सूचनामैत्री बनाउन नगर अस्पताल प्रशासन शाखा प्रमुख श्री बाबुराम भट्टराईलाई सूचना अधिकारी तोक्ने साथै सबै शाखामा रहेका शाखागत कर्मचारीको विवरण तयार गरी शाखाको जेष्ठ कर्मचारीलाई शाखा प्रमुख तोक्न नगर अस्पताल प्रशासनलाई निर्देशन दिने निर्णय गरिएको छ ।
निर्णय नं. १५ टेलीफोन जडान / खानेपानी व्यवस्थापन गर्ने सम्बन्धमा अस्पतालमा ल्याण्ड लाईन टेलीफोन सेवा अत्यावश्यक भएको देखिएकोले अत्यावश्यक सेवा अन्तर्गत रहेको टेलीफोन (साविकमा संचालनमा रहेको ०२१-४०१०८८) नम्बरको टेलीफोनको बक्यौता विल भुक्तानी गरी यथासक्य जडान गर्ने साथै खानेपानी सेवालाई अझ प्रभावकारी बनाउन नगर अस्पताल प्रशासनलाई निर्देशन दिने निर्णय गरिएको छ भने निर्णय नं. १६ भिजिटर कार्ड/ भिजिटिङ्गको समयाबधी तोक्ने सम्बन्धमा नगर अस्पतालको सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन विरामीको आफन्त आउने र विरामी भेट्ने समय दिनेको २ बजे देखी ५ बजे सम्म कायम गर्ने साथै भिजिटर कार्ड कार्यन्वयनमा ल्याउन आवश्यक व्यवस्था मिलाउन नगर अस्पताल प्रशासनलाई निर्देशन गर्ने निर्णय पुस्तिकामा उल्लेख गरेका छन् ।
निर्णय नं. १७ हरेक महिनाको ८ गते हुने खोप कार्यक्रम व्यवस्थापन सम्बन्धमा साविक प्राथमिक स्वास्थ्य केन्द्र देखी नै हरेक महिनाको ८ गते संचालन हुने खोप सेवालाई छिटो, छरीतो र प्रभावकारी बनाउन उल्लेखित दिनका लागि आबश्यक पर्ने थप जनशक्ति व्यवस्थापन गर्ने कार्यका लागि सहजिकरण गर्न सुन्दरहरैचा नगर कार्यपालिकाको कार्यालयलाई लेखि पठाउने, निर्णय नं. १८ २४ घण्टा नै सेवा संचालन गरिरहेको यस अस्पतालमा साविक गाउँ विकास समिति देखी संचालनमा रहेको गाउँघर क्लिनिकको तात्पर्यता नदेखिएकोले उल्लेखित कार्यक्रम यस अस्पतालमा बन्द गर्ने निर्णय गरि निर्णय नं. १८ ईमरजेन्सी सेवालाई प्रभावकारी बनाउने बिषयमा अस्पतालको ईमरजेन्सी (आकस्मिक) सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन उल्लेखित शाखामा आवश्यक पर्ने अत्यावश्यक सामाग्रि खरीद गर्न सुन्दरहरैंचा नगर अस्पताललाई अधिकार प्रत्यायोजन गर्ने निर्णयगरिएको जनाएको छ ।
निर्णय नं. २० खाजा समय ब्यवस्थापन गर्ने, अस्पतालमा कार्यारत कर्मचारीहरूको खाजा समय व्यवस्थापन नभएको भन्ने सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्न सिफ्ट वाईज खाजा समय निर्धारण गर्ने उल्लेखित समय निर्धारण गर्दा कुनै पनि शाखामा कम्तीमा १ (एक) जना कर्मचारी अनिवार्य हुने गरी समय व्यवस्थापन मिलाउन नगर अस्पताल प्रशासनलाई निर्देशन दिने निर्णय गरि निर्णय नं. २१ कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्बन्धमा नगर अस्पतालमा कार्यरत कर्मचारीहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन नगर अस्पतालले तोकेका शाखागत सूचकहरू पूरा गर्ने कर्मचारीहरूलाई नगर अस्पताल प्रमुख श्री डा. विपिन यादवको संयोजकत्वमा समिति बनाई उल्लेखित समितिले तोकेको मापदण्डका आधारमा कार्य सम्पादनमा आधारीत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।
निर्णय नं. २२ OPD सेवा संचालन / ल्यावको रिपोर्ट वितरणको समय तोक्ने सम्बन्धमा नगर अस्पतालको सेवालाई फूल फेज (पूर्ण रूपमा) संचालन गर्न आवश्यक जनशक्ति व्यवस्थापन नभए सम्मका लागि OPD सेवालाई विहान १० बजे देखी साँझको ६ बजे सम्म (सार्वजनिक विदाको दिन बाहेक) संचालन गर्ने साथै ल्याव सेवालाई अझ प्रभावकारी बनाउन ल्यावको रिपोर्ट विहान ११ बजे, दिनको २ बजे र साँझको ५ बजे वितरण गर्ने साँझ ५ बजे पश्चात् संकलन भएका स्याम्पलहरूको रिर्पोट भोलीपल्ट विहान १० बजे वितरण गर्ने निर्णय गरिएको छ ।
निर्णय नं. २३ भवनको तल्ला थप गर्न नगर कार्यपालिकाको कार्यालयमा पत्राचार गर्ने, सुन्दरहरैचा नगरपालिकाको आर्थिक बर्ष २०८० /०८१ को विनियोजित बजेट शिर्षक निर्मित भवन / मर्मत सम्भार कोषबाट खर्च हुने गरी यस नगर अस्पतालको नर्सिङ्ग डिपार्ट संचालन रहेको भवन (सुन्दरपुर ब्लक) को माथिल्लो तल्लामा ट्रष्ट सहितको तल्ला थप गर्न आवश्यक बजेट विनियोजन गरी कार्य अगाडी बढाउन नगर अस्पतालको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय विराटचौकमा रहेको खातामा रकम जम्मा गरि दिन नगर कार्यपालिकाको कार्यालयमा लेखि पठाउने निर्णय गरिएको जनाएको छ ।
निर्णय नं. २४ भुक्तानी अनुमोदन गर्ने सम्बन्धमा नगर अस्पतालको चालू आर्थिक बर्ष २०८० / ०८१ का लागि विनियोजन भएको खर्च शिर्षक अन्तर्गत शिर्षक नम्बर २११११ कर्मचारी पारिश्रमिकका लागि विनियोजित रकमबाट नगर अस्पताल अन्तर्गतका कर्मचारीहरूलाई नियमानुसार वितरण गरेको मासिक पारिश्रमिकका साथै भुक्तानी भएको विद्युत र खानेपानी विल लगायतको खर्चलाई अनुमोदन गर्ने
निर्णय नं. २५ विविधमा अक्सिजन सिलिन्डर वितरण बन्द गर्ने सम्बन्धमा विश्वब्यापी महामारीको रूपमा रहेको कोरोना संक्रमणको समयमा साविक हरैचा स्वाथ्य चौकीबाट कोरानाको विमारीलाई केन्द्रीत गरी वितरण गर्ने गरीएको अक्सिजन सिलिन्डर मिति २०८० कार्तिक २३ गते बाट वितरण कार्य बन्द गर्ने साथै वितरण भएका अक्सिजन सिलिन्डर मिति २०८० कार्तिक मसान्त भित्र संकलन गरी नगर अस्पतालको सामित्वमा ल्याउन नगर अस्पताल प्रशासनलाई निर्देशन दिने निर्णय गरिएको छ । सुधार तथा सुझाव पेटीका राख्ने सम्बन्धमा यस नगर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै नगर अस्पताल प्रति नगरवासीहरूको अपनत्व हुने अबस्था सिर्जना गर्न सेवाग्राहीका साथै अस्पताल प्रति सकारात्मक धारणा राख्ने नगरवासीहरूको सुझाव संकलन गर्न सुधार तथा सुझाव पेटिका राखी संकलित सुधार र सुझावहरूलाई कार्यान्वयनमा ल्याउन नगर अस्पताल प्रशासनलाई निर्देशन गर्ने निर्णय गरिएको छ ।
नगर अस्पतालको सेवालाई एकद्वार प्रणाली मार्फत संचालन गरी सार्वजनिक खरीदका प्रक्रियाहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सुन्दरहरैंचा नगर अस्पतालले गर्ने सबै प्रकारका खरिद प्रक्रियाहरूलाई अस्पतालबाट नै गर्ने गरी ब्यवस्था मिलाउने कार्यका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचल काठमाण्डौ सँग यस अस्पतालको लागि ई. विडिङ एकाउन्ट निर्माणका लागि लेखि पठाउने निर्णय गरिएको प्रशासन प्रमुख भट्टराईले बताए ।
बैठक ब्यबस्थापन सहजीकरण अस्पताल प्रशासन तथा जिन्सी शाखा प्रमुख बाबुराम भट्टराई, लक्ष्मी पराजुलीले बैठक ब्यबस्थापन सहजीकरण गरेका थिए भने नगर उपप्रमुख अकली चौधरी, अस्पताल संचालन तथा ब्यबस्थापन समिति सदस्यहरु भिम कुमार चौधरी, राम बिश्वास, रोशन प्रसाद ढकाल, सदस्य सचिब बिपिन यादब लगायतको उपस्थितिमा बैठक बसेको थियो ।