सुन्दरहरैचा/
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -१०, विराटचोकमा रहेको हिमालय इंगलिस स्कुलको ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको उदघाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय कमल प्रसाद जवेगुले उदघाटन गर्नुहुने कार्यक्रम छ ।
भोलि अर्थात फागुन १९ गते शनिबार हुने हिमालयको ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको भब्य तयारीको अन्तिम चरणमा पुगेको र सो कार्यक्रमको उदघाटन कोशी प्रदेशका मन्त्री माननीय कमल प्रसाद जवेगुबाट हुने संस्थापक प्रिन्सिपल कमल खनालले पत्रकार सम्मेलन गरी जनाकारी गराउनुभएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रिन्सिपल खनालले भौतिक पूर्वाधार विकास मानव सभ्यताको विकास क्रममा शिक्षाको नै अहम् भूमिका खेलेको भन्दै विद्यालयले दिने शिक्षा र संस्कारले विद्यार्थीको भविष्य निर्धारण हुने उल्लेख गर्नुभयो ।
बिहिबार गरिएको पत्रकार सम्मेलनमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बिधार्थीलाई बार्षिक शैक्षिक पुरस्कार वितरण, बिधार्थी तथा अभिभावको डान्स आइडल, नाटक मन्चन तथा बिबिध सांस्कृतिक कार्यक्रम रहने जनाएको छ । सो बिद्यालय एनप्याब्सन नगरस्तरीय प्रतियोगितामा चित्रकला, वक्तृत्वकला, लोक नृत्य लगायतको प्रतियोगितामा उत्कृष्ट हुदै आएको छ ।