चौलागाईं प्रतिष्ठान कोशी प्रदेश समिति र मोरङ जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न


shiva

सुन्दरहरैचा ।

चौलागाईं प्रतिष्ठान कोशी प्रदेश समितिको छैठौं वार्षिक साधारण सभा तथा मोरङ जिल्ला समितिको वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। साथै, प्रतिष्ठानद्वारा सिद्धेश्वर शिव पाञ्चायन मन्दिरमा शिवजीको पूजाआराधना, विश्वशान्ति यज्ञशालामा रुद्री, पूजा, हवन लगायत धार्मिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिएको छ।

यस अवसरमा मोरङ जिल्ला समितिको पुनर्गठन गरिएको छ, जसअनुसार निम्न व्यक्तिहरू नयाँ कार्यसमितिमा चयन भएका छन्ः

मोरङ जिल्ला समिति (नवगठित समिति):

1. अध्यक्षः उमाकान्त चौलागाईं (सुन्दरहरैंचा)

2. उपाध्यक्षः घनेन्द्र चौलागाईं (पथरीशनिश्चरे)

3. महिला उपाध्यक्षः उर्मिला चौलागाईं (दमक)

4. सचिवः यज्ञराज चौलागाईं (सुन्दरहरैंचा)

5. सहसचिवः लक्ष्मीप्रसाद चौलागाईं (रतुवामाई)

6. कोषाध्यक्षः सन्दीप चौलागाईं (सुन्दरहरैंचा)

7. सदस्यः नेत्रप्रसाद चौलागाईं (विराटनगर)

8. सदस्यः तीर्थ चौलागाईं (कानेपोखरी)

9. सदस्यः तुलसीराम चौलागाईं (बेलबारी)

10. सदस्यः रेवता चौलागाईं (सुन्दरहरैंचा)

11. सदस्यः लेटाङबाट मनोनित गरिने

समारोहका प्रमुख वक्ताहरूले चौलागाईं प्रतिष्ठानले समाजसेवा, धार्मिक गतिविधि, र समाजिक एकताको लागि खेलेको भूमिकाको चर्चा गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रतिष्ठानले आगामी दिनमा थप सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x