सुन्दरहरैचा । बैशाख ७
मोरङको सुन्दरहरैंचाको बाँसबारीस्थित सिग्देल बन्धु प्रतिष्ठानको हलमा भएको ड्राइभिङ स्कुल संघ कोशी प्रदेशको समितिको दोस्रो अधिवेशनले शिव श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा साधुराम थापा ‘मनिष’, उपाध्यक्षमा योगेन्द्र पोखरेल, सचिवमा भुपेन्द्रबहादुर थापा, सहसचिवमा अनन्त घिमिरे र कोषाध्यक्षमा विकास राई चयन हुनुभएको छ ।त्यस्तै, सदस्यहरुमा अर्जुन पनेरु, सुमित्रा चौधरी, परशुराम निरौला, वसन्त बुढाथोकी, धर्मराज शाही, बुद्ध राई र मीनकुमार खवास चयन हुनुभएको छ ।
संघको खुला सत्रलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गर्नुभएको थियो ।