नि:शुल्क सवारी चालक अनुमति पत्रका लागि अनलाईन फारम


shiva

सुन्दरहरैचा/

सुन्दरहरैंचा नगरपालिका वडा ४ दुलारीले सिटि रिक्सा चालकलाई नि:शुल्क सवारी चालक अनुमति पत्रका लागि अनलाईन फारम भर्न सहजीकरण गरेको छ।

सिटि रिक्सालाई ब्यबस्थापन गर्न , यातायात कार्यालयमा जादाँ समय लाग्ने, अनावश्यक दु:ख पाउने, बिचौलियाको समस्या जस्ता झन्झटिलो बिषयलाई मध्यनजर गर्दै वडा कार्यालयले वडामै अनलाई फर्म भर्ने सुबिधा मिलाए वडा अध्यक्ष कैलाश बस्नेतले बताए ।

यातायात कार्यालयमा जाँदा दस्तुर लाग्ने तर नि:शुल्क लायन्स फारम भर्न वडा संगै ट्राफिक प्रहरी पोष्ट गछियाले समेत सजिकरण गरेको हो। सो वडाले आफ्नो वडामा भएको सिटि सफारी चालकलाई मात्र होइन छिमेकी वडा र पालिकाको समेत नि:शुल्क अनलाई फर्म भरेको बताए।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x