रेडियो सुसेलीको १३ औं वार्षिक साधारणसभा सम्पन्न


shiva

सुन्दरहरैचा/

एकता मिडिया प्रा.लि मार्फत संचालित रेडियो सुसेलीको तेह्रौं वार्षिक साधारणसभा तथा सुधाशुं साकोसको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।

सुन्दरहरैंचा उधोग वाणिज्य संघ बिराटचौक सभा हलमा भएको उक्त कार्यक्रममा नगरप्रमुख केदार प्रसाद गुरागाईं ले कार्यक्रमको उदघाटन गर्दै सम्बोधन गर्ने क्रममा प्रविधिले ब्यक्तिलाई फरक ढंगले परिवर्तन गरिरहेको अवस्थामा रेडियो, टेलिभिजनको मोह घटिरहेको उल्लेख गरे। राज्यको चौथौं अंगको रुपमा रहेका मिडियाकर्मीले आचारसंहितामा ध्यानदिनुपर्ने बताए। पत्रकार हो कि आन्दोलनकारी छुट्याउन गाह्रो भएको बताउदै कमजोरीलाई मात्रा उठान गरेको र लाईक र कमेन्टलाई बढी ध्यान दिएको प्रति पत्रकारमाथि आरोप लगाए । अबको पत्रकारिता सृजनशीलता हुनु पर्ने कुरामा समेत नगरप्रमुखले जोड दिए।

उक्त कार्यक्रममा एकता मिडिया प्रा.लि. तथा सुधाशुं साकोसका अध्यक्ष रमेश खड्काले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समय प्रविधिमा आएको परिवर्तनले रेडियो श्रोताको अवस्था सामाजिक सञ्जालका कारण कमजोर अवस्थामा पुगेको छ बताए। खडकाले मोरङमा मात्रै केहि बाहेक अन्य रेडियोहरु बन्द भइसकेका छन् । देशको अर्थतन्त्र सुधार हुन नसक्दा विज्ञापन तथा कार्यक्रम गरेर नाफा आर्जनमा समस्या रहेको छ। स्थानीयस्तरको व्यवसाय खस्कँदो अवस्थामा रहेकोले रेडियोका लागि आवश्यक विज्ञापन, सूचना तथा शुभकामना प्राप्त गर्न सक्ने अवस्था नरहेकाले रेडियो सञ्चालनमा समस्या रहेको उल्लेख गरेका छन ।

रेडियो संचालन गर्न कठिन भएको र बन्द हुने परिस्थिति रहेको अवस्थामा प्रवन्ध निर्देशक बाबुराम निरौलाले रेडियो सुसेलीलाई अथक मेहनतका साथ हाल सम्म जिवन्त राखेर अघि बढाईरहेको उल्लेख गर्दै रेडियोलाई बचाउन सबैको साथ र सहयोग आवश्यकता रहेको रेडियो सुसेलीका संस्थापक तथा उधोगपति अध्यक्ष भोलेश्वर दुलालले आफ्ना धारणा प्रस्तुत गरे ।

निवर्तमान नगर प्रमुख शिव प्रसाद ढकालले प्रविधिलाई परिवर्तन गरेर अघि बढ्न सकेन भने रेडियो बन्द हुने बताउदै सेयर सदस्यले गहनरुपमा सोच्नु पर्ने अवस्था रहेको उल्लेख गरे। मिडियाले स्थानिय तहलाई घचघचाउने र सामाजिक उतरदायित्व वहन गर्दै आएपनि स्थानिय तहले समेत यसलाई बचाउन जरुरी छ। स्थानीय मिडियाकर्मीको गुनासो रहे पनि मिडिया प्रवर्द्धन गर्न र मिडिया बचाउन बर्तमान नगरप्रमुखलाई ध्यानाकर्षण गराएका छन।

उक्त कार्यक्रममा मिडिया हवको बिकास गर्न जग्गाको आवश्यकता रहेको हुँदा गहनरुपमा छलफल गरेर आवश्यक सहयोग गर्न सकिने पुर्व प्रदेश मन्त्री राजकुमार ओझाले बताए।

उक्त कार्यक्रममा इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष नवराज चपागाईँ, वडा ९ का अध्यक्ष प्रकाश श्रेष्ठ , वडा १२ का अध्यक्ष रोशन ढकाल लगायतको उपस्थित रहेको थियो।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x