सुन्दरहरैंचामा पहिलो पटक प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता,उत्कृष्ट प्रधानाध्यापक र विद्यालयलाई पुरस्कार


shiva

सुन्दरहरैचा/ बैशाख ३० गते

मोरङको सुन्दरहरैंचा नगरपालिकाले पहिलोपटक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षा, युवा तथा खेलकुद उपशाखा बीच गरिएको कार्यसम्पादन सम्झौता २०८२ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट निर्देशित कार्यक्रम र सुन्दरहरैंचा नगरपालिकाबाट प्रवाह हुने शैक्षिक योजना, कार्यक्रम तथा समग्र शैक्षिक सेवा तथा विद्यालयस्तरमा विद्यालयले सम्पादन गर्नुपर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाई तोकिएको गुणस्तर, परिणाम, समय र लागत प्रभावकारितासाथ सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो।

नगर भित्रका सामुदायिक विद्यालयहरूमा पठनपाठन, व्यवस्थापन र शैक्षिक क्रियाकलापलाई अझ प्रभावकारी बनाउन शिक्षा, युवा तथा खेलकुद उपशाखा र विद्यालयका प्रधानाध्यापकहरूबीच ३९ वटा बुँदामा आधारित कार्यसम्पादन सम्झौता गरिएको छ।

१. सबै कक्षाको कक्षागत तथा विषयगत सिकाई उपलब्धी स्तरमा शैक्षिक सत्र २०८१ को तुलनामा कम्तिमा ५ प्रतिशत ले वृद्धि हुनेगरी सिकाई वातावरण सुधार तथा सिकाई व्यवस्थापन गर्ने, २. तोकिएको समयमावधी भित्रमा आफ्नो विद्यालयको र विद्यालयमा अध्ययनरत हरेक विद्यार्थीसँग सम्बन्धित सम्पूर्ण विवरणहरु आई ई एमआई एसमा अद्यावधिक गर्ने,

३. वार्षिक रुपमा विद्यालयको आन्तरिक बजेट तथा कार्यक्रम निर्माण गरी शिक्षा, युवा तथा खेलकुद उपशाखालाई जानकारी दिने र कार्यान्वयन गर्ने, ४. वार्षिक कार्यपात्रो, शैक्षिक योजना, अतिरिक्त कृयाकलापको योजना निर्माण गर्ने र विद्यालय सुधार योजना
अद्यावधिक गरी क्रमशः कार्यान्वयन गर्ने गराउने ।

५. वार्षिक रुपमा सामाजिक परीक्षण तथा वित्तीय लेखापरीक्षण गरी गराई परीक्षणबाट औँल्याइएका कुराहरुलाई कार्यान्वयनमा लैजाने र सोको जानकारी शिक्षा शाखालाई दिने, ६. विद्यालयमा संस्कारमैत्री, बालमैत्री तथा प्रविधिमैत्री वातावरण सिर्जना गरी नियमित पठनपाठनको वातावरण बनाउने, ७. नगरपालिका शिक्षा शाखाबाट प्रकाशित वार्षिक शैक्षिक क्यालेन्डरबमोजिम विद्यालयमा पठनपाठन, परीक्षा सञ्चालन तथा अतिरिक्त कृयाकलापहरु सञ्चालनको व्यवस्था गर्ने ।

८. हप्तामा कम्तिमा एक पटक विद्यार्थीहरुको अन्तरनिहित क्षमता / प्रतिभाको प्रस्फुटन हुने, सिप र संस्कारसम्बन्धी कृयाकलाप सञ्चालन गर्ने र हरेक महिना, मसान्तको दिन अनिवार्य रुपमा शिक्षक / स्टाफ बैठक बसी महिनाभरी गरेका क्रियाकलापहरुको समीक्षा गरी आएको निश्कर्षबाट प्राप्त पृष्ठपोषणको आधारमा आगाम महिनाका लागि योजना तयार गरी कार्यान्वयन गर्ने / गराउने । ९. जिल्ला स्तर र पालिका स्तरमा संचालन हुने कार्यक्रमहरुमा अनिवार्य रुपमा विद्यालयलाई सहभागी गराउने लगायत ३९ वटा बुँदा रहेका छन्।

सम्झौताले विद्यालयस्तरमा दैनिक कार्य सञ्चालनलाई थप सहज बनाउने र शिक्षण–सिकाइ प्रक्रियालाई व्यवस्थित तथा नतिमामुखी बनाउन कार्यसम्पादन सम्झौता गरिएको शिक्षा, युवा तथा खेलकुद उपशाखाले जनाएको छ।

कार्यसम्पादन सम्झौतालाई “सुरुआती अभ्यास” का रूपमा लिएको र आगामी शैक्षिक सत्रहरूमा आवश्यकता अनुसार बुँदाहरू संशोधन, परिमार्जन तथा थपघट गरिने उपशाखाले जनाएको छ । करारसँग सम्बन्धित सूचकहरुका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रधानाध्यापक र विद्यालयलाई नगरपालिकाको तर्फबाट प्रोत्साहन पुरस्कार उपलब्ध गराइनेछ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x