सुन्दरहरैचा/
मोरङ्गको सुन्दरहरैचा नगरपालिका वडा नं. १, पचाममा अवस्थीत जेष्ठ नागरिक भवनमा मिति २०८० माघ ५ गते नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त अवसरमा १९१ जना विरामीहरुको जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, दन्त रोग, आँखा रोग लगायतका विभाग अन्तर्गत स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा २० जनाको अल्ट्रासाउण्ड (भिडियो एक्सरे), १२ जनाको ई. सी. जी. र २७ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो ।
नोवेलले विभिन्न संघ सस्थाहरुको समन्वयमा विभिन्न स्थानहरुमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।