पुर्वान्चल विश्वबिद्यालयमा ड्युटि गर्दै गणेश भगवान ( हात्ती )


shiva
Single Before Content Ad

युवराज आचार्य, सुन्दरहरैचा/

कोशी प्रदेश मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ७ र ८ को बिचमा रहेको पुर्वान्चल विश्वबिद्यालयको एरिया भित्र १ महिना देखि गणेश भगवान हात्तीले ड्युटी गर्दै आउनु भएको छ। मानिसहरुले हात्ती आतंक भनेपनि म चाहिँ गणेश भगवानको सवारी भएको छ भन्दछु।

किन भने यस विश्वबिद्यालयको अस्पतालमा काम गर्ने डाक्टरहरु दिनमा २ घण्टा मात्रै बसेर अन्यत्र काम गर्ने गरेका कारण गणेश भगवानले २४ सै घण्टा डिउटी गरि रहनु भएको छ। साथै आवश्यक भन्दा धेरै कर्मचारी बिना काम तलब भत्ता मात्र पचाउन विश्व बिद्यालयको गेटमा उभिएर गफ चुटिरहेका हुन्छन्। त्यो देखेर पनि गणेश भगवानले "फोगटिया कर्मचारी चाहिदैन जनता ठग्न पाइदैन" भनी २४ सै घण्टा ड्युटी गरेको गणेश भगवानको सचिवालय बाट जानकारी प्राप्त भएको छ।

यी यस्ता जनता ठग्ने डाक्टर र कामै नगरी पैसा खाने कर्मचारीहरु नहटे सम्म गणेश भगवानले उक्त क्षेत्र नछोड्ने भएको हुँदा चाँडाे भन्दा चाँडाे काम नभएका कर्मचारीहरु हटाएर आवश्यक मात्रै राख्नु पर्ने देखिन्छ।

साथै यस क्षेत्र भित्र जंगल बनाएर राखीएको हुँदा उक्त क्षेत्रलाई कृषि कार्यमा अघि बढाएर आम्दानीको स्रोत बनाउनु पर्ने देखिन्छ । यसो नगरे सम्म गणेश भगवानको ड्युटि निरन्तर रहने छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार