सुन्दरहरैँचामा हात्तीको गोली हानि हत्या, हिन्दु परम्परा अनुसार दाह संस्कार


shiva
Single Before Content Ad

मोरङ/

मोरङको सुन्दरहरैँचामा एक भाले हात्तीको गोली हानी हत्या भएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं.१० स्थित जनजागरण सामुदायिक वन भित्र गोली हानी हत्या भएको हो ।

पोस्टमार्टम रिर्पोट अनुसार गोली हानी हत्या गरेको प्रमाणित भएको छ । भाले हात्तीको घाटीको बायाँ पटी गोली लागेको भेटिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएका प्राविधिक टोलीले हात्तीको शव फेला परेको ठाउँमा नै पोस्टमार्टम गरेका थिए । पोस्टमार्टमबाट हात्तीको शरीरबाट एक गोली र दुईवटा सानो सानो काठको टुक्रा भेटेका छन् ।

आइतबार फेला परेको मृतक हात्तीको पुच्छर भने काटिएको थियो । करिब १२ वर्ष उमेरको उक्त भाले हात्तीको पुच्छर गायब थियो । हात्तीको मृत्युको प्रकृति हर्दा मानिसद्वारा आत्मरक्षा नभएर चोरी सिकारी भएको देखिन्छ ।

पोस्टमार्टमको क्रममा हात्तीको दुवै ७.५ इन्च गालाई भएको १५.५ इन्च लम्बाई बायाँ दाह्रा र १६ इन्च लम्बाइको दायाँ दाह्रा निकालिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट पोस्टमार्टम गर्न आएका प्राविधिक टोलीले उक्त गोली, काठका टुक्रा र दाह्रा डिभिजन वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेलाई बुझाएका छन् ।

अहिले मानिससँगै हात्ती पनि त्रसित भएको डिभिजनल वन अधिकृत घिमिरे बताउँछन् ।उक्त मृतक हात्तीको हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको उनले बताए। घिमिरेले क्षति न्यूनीकरणमा ध्यान दिएर जोगिनु पर्ने बताएका छन् । भाले हात्तीको मृत्युबारे अनुसन्धानबाट हत्या भएको प्रमाणित भएसँगै सम्बन्धित सिकारी भेटिए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तरगत कानुनी कारबाही अनुसार १५ वर्ष सम्म जेल र १० लाख सम्म जरिमाना लाग्ने घिमिरेले जानकारी गराएका छन्।

सब-डिभिजन वन कार्यालय सलकपुर सुन्दरहरैँचाका अनुसार करिब ५ लिटर हात्तीको रगत बगेको थियो । हात्तीले मृत्यु अवस्थामा शौच गरेको गोबर पनि शवसँगै थियो । शवको अवस्था हर्दा पिडादायक र कठिन पूर्वक भाले हात्तीको मृत्यु भएको देखिन्छ ।

सुन्दरहरैँचा, बेलबारी साथै छिमेकी पालिकाहरूमा मानिसहरू हात्तीबाट आतङ्कित भएको करिब १ महिना भन्दा बढी भइसकेको छ । बेलबारीमा नै लेटाङ निवासी एक पुरुषको हात्तीको कारण मृत्यु भएको थियो । अन्नबाली र फलफूलका खेतबारी साथै घरहरू भत्काएर लाखौँको क्षति गरिरहेको कारण नागरिक पनि आतङ्कितसँगै आक्रोशित पनि छन् ।

हात्ती प्रति आक्रामक भएर आक्रमण गर्नु, मार्ने कार्यले समस्याको समाधान नहुने सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईँ बताउँछन् । आक्रमण हैन हात्तीबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्दै आफ्नो ज्यान जोगाउन गुरागाईँले नागरिकलाई आग्रह गरेका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार