बेलका नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न


shiva
Single Before Content Ad

बेलका, उदयपुर । ३० कात्तिक

उदयपुरको बेलका नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय सरकारको कामकाजलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यले आयोजित कार्यक्रम नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो।

 “सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार, बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ बेलका नगरपालिकाको आयोजनामा बेलका नगरपालिका–६, पुवारेथुम्का अतिथि भवनमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सार्वजनिक सुनुवाइका क्रममा नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सम्पन्न गरेका विकास निर्माणका काम, सेवा प्रवाह तथा वित्तीय प्रगतिबारे जानकारी गराएको थियो। साथै, सहभागी स्थानीयवासीहरूले उठाएका विभिन्न जिज्ञासा, गुनासा तथा सुझावमाथि सम्बन्धित पक्षबाट स्पष्टीकरण दिँदै छलफल गरिएको थियो।

बेलका मिडिया प्रा.लि.को समन्वयमा सम्पन्न कार्यक्रमले नगरपालिकाको कार्यसम्पादनबारे नागरिकलाई जानकारी गराउनुका साथै स्थानीय तह र नागरिकबीचको संवादलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

सार्वजनिक सुनुवाइले स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै विकास निर्माण र सेवा प्रवाहलाई थप पारदर्शी तथा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार