इन्द्रपुर बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट सदस्य र कर्मचारी सम्मानित


shiva
Single Before Content Ad

सुन्दरहरैँचा । आश्विन १२ गते ।

मोरङको सुन्दरहरैँचा–९ स्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले संस्थाको प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि कार्यक्रम तथा बजेटसमेत पारित गरेको छ।

 इन्द्रपुर जेसीज मङ्गल स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथि रहनुभएको थियो। संस्थाका अध्यक्ष गोपालप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।

प्रतिवेदन अनुसार संस्थाको कुल पुँजी २७ करोड २१ लाख ९ हजार ८२२ रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति २७ करोड २९ लाख ९ हजार ८२२ रुपैयाँ रहेको छ।

कार्यक्रममा नगरप्रमुख गुरागाईंले सहकारीको दिगोपनाका लागि सञ्चालकसँगै सदस्यहरूको पनि सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। सदस्यहरूले संस्थाको गतिविधि, लगानी तथा आर्थिक अवस्थाबारे नियमित जानकारी राख्नुपर्ने उहाँको भनाइ थियो।

साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन अनुमोदन गर्दै २०८३/०८४ का लागि प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरेको छ। सभाका क्रममा संस्थाले उत्कृष्ट विद्यार्थी, असल ऋणी, असल बचतकर्ता, अनुशासित शेयर सदस्य, ज्येष्ठ तथा कनिष्ठ सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ।

इन्द्रपुर सहकारी छात्रवृत्ति कोषमार्फत प्लस टु परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि पुरस्कार प्रदान गरिएको थियो। सामुदायिक विद्यालयतर्फ जेसिका सुवेदी र बद्री सुवेदी तथा संस्थागत विद्यालयतर्फ प्रज्वल रेग्मी र शर्मिला कार्की पुरस्कृत भएका छन्।

असल ऋणीमा कमला घिमिरे, गोविन्दबहादुर कार्की, शोभा इजम र रुद्रप्रसाद ढकाल तथा असल बचतकर्तामा दिपा न्यौपाने, खेमराज श्रेष्ठ, उर्मिला चौहान र शिवप्रसाद सुवेदी सम्मानित भएका छन्।

त्यसैगरी अनुशासित शेयर सदस्य शान्ता आचार्य, ज्येष्ठ सदस्य मोहनबहादुर भण्डारी, प्रेमप्रसाद काफ्ले, वीरबहादुर खलाल, भीमप्रसाद ढकाल र यममाया थापा तथा कनिष्ठ सदस्य अपेक्षा तिम्सिनालाई सम्मान गरिएको छ। उत्कृष्ट कर्मचारीका रूपमा सविता ढकाल सम्मानित हुनुभएको छ।

साधारणसभामा लेखा समितिको प्रतिवेदन संयोजक गंगाराम फुँयलले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सचिव सन्तोष वान्तवाले सञ्चालन गर्नुभएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार