हिमालय इंग्लिस स्कुल भयो फरक फरक बिषयमा उत्कृष्ट स्थान ल्याउन सफल


Single Before Content Ad

राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याबसन) नेपाल नगर कार्यसमिति सुन्दरहरैंचाको आयोजनामा अंग्रेजी तथा नेपाली वक्तृत्वकला प्रतियोगितामा -२०८० सम्पन्न भएको छ ।

 

एन प्याब्सन नगर स्तरीय प्रतियोगितामा उक्त प्रतियोगितामा कक्षा १ देखि ३ सम्मको प्रतिस्पर्धामा हिमाल इंगलिस बोर्डिङ स्कुलबाट आदर्श बस्नेत र कक्षा ४ देखी ६ सम्मको प्रतिस्पर्धामा सनसाइन एकेडेमी पुजा बंजगाई र कक्षा ७ देखी १० सम्मको प्रतिस्पर्धामा हिमालय इंगलिस स्कुलका कक्षा ७ का जेनिस बिष्टले उत्कृष्ट स्थान हासिल गरेका छन। हिमालयले २ फरक फरक बिषयमा उत्कृष्ट स्थान ल्याउन सफल भएको हो।

त्यसै गरी कक्षा १ देखि ३ सम्मको प्रतिस्पर्धामा सुन्दर बाटिकाबाट रेबिसा खड्का, कक्षा ४ देखी ६ सम्ममा सो एकेडमीका लिजा खड्का र कक्षा ७ देखी १० सम्मको प्रतियोगितामा कक्षा ९ की छात्रा बोबिना राई प्रोग्रेस इंगलिस स्कुलबाट दोस्रो स्थान हासिल गरिन।भने कक्षा १ देखि ३ सम्ममा रेस्नल एकेडमीका प्रिया रिजाल कक्षा ४ देखी ६ सम्म सौगात कार्की हिमालय इंग्लिस स्कुल र कक्षा ७ देखी १० सम्म तेस्रो स्थान हासिल गर्नेमा कालीदेवि माध्यमिक विद्यालयका मोहन तिम्सिनाले तेस्रो स्थान हासिल प्राप्त गरेका छन।

त्यसै गरी कक्षा १ देखि ३ सम्म मोदरल्याण्ड इंगलिस मानव सुबेदी लम्साल कक्षा ४ देखी ६ सम्म रेस्नल एकेडेमीका बर्षा लम्सालले सान्त्वना स्थान हासिल गरेका छन।सहभागी कक्षा १ देखि ३ सम्मका विद्यार्थीले नेपाली भाषा अन्तर्गत अनुशासनको बिषयमा र कक्षा ४ देखी ६ सम्म नेपाली भाषा अन्तर्गत बाल अधिकारको बिषयमा र कक्षा ७ देखी १० सम्म अंग्रेजी भाषामा च्याइल्ड राइट्सको बिषयमा आफ्ना धारणा राखेका थिए।

शुक्रबार सुन्दरहरैंचा नगरपालिका वडा -६ मा रहेको प्रोग्रेस इंगलिस बोर्डिङ स्कुलमा भएको उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा वडा १२ का अध्यक्ष रोशन प्रसाद ढकाले कार्यक्रमको उदघाटन गरेका थिए। उक्त अवसरमा ढकालले सुन्दरहरैंचा शिक्षाको हव बन्दै गएको उल्लेख गर्दै निजि विद्यालयले राज्यको आर्थिक बिकासमा टेवा दिएको बताए। उक्त वक्तृत्वकला प्रतियोगितमा नगरको १० निजि विद्यालयले भाग लिएका थिए।

उक्त कार्यक्रममा निर्णायक मण्डलमा रमेश काफ्लेको संयोजकत्वमा सदस्यमा रुपेश भट्टराई र हेमराज रौतेडाले भुमिका निर्वाह गरेका थिए।कार्यक्रम एनप्याबसन नगर अध्यक्ष सुरेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार