उर्लाबारीमा दुर्घटना हुँदा २ जनाको मृत्यु ,२ गम्भीर घाइते


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ निश्चल ढकाल

मोरङको उर्लाबारीमा बिहीबार अपराह्न दुईवटा मोटरसाइकल एकापसमा ठक्कर भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाएर अपराह्न ४ः३० मा दुर्घटना भएको ईलाका प्रहरी कार्यलय उर्लाबारीका इन्स्पेक्टर राकेश यादवले जानकारी दिए ।
उनका अनुसार पश्चिमबाट पूर्वतर्फ आउदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको र पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २८ वर्षीय किशोर गुरुङको मृत्यु भएको यादवले बताए। दुर्घटनामा गम्भीर घाइते भएका धिमाललाई उपचारका लागि उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्याउनसाथ दुवै जनालाई चिकित्सकले मृत घोषित गरेका हुन् ।दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । कानेपोखरी–४ का अन्दाजी २५ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का ३८ वर्षीय विष्णु धिमाल घाइते भएका छन्।

उर्लाबारीमा सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ । दुर्घटनामा परेर दुवै मोटरसाइकल क्षतिग्रस्त भएका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार