कोइराला’ परिवारका नेताहरूको डा. सुनील शर्मालाई समर्थन र आशीर्वाद


shiva
Single Before Content Ad

असोज १९ गते/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनील शर्मालाई कोइराला परिवारका नेताहरूको समर्थन र आशीर्वाद प्राप्त भएको छ। कांग्रेसका नेता डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला र डा. शशांक कोइरालाले महामन्त्री पदको उम्मेदवारीमा डा. शर्मालाई समर्थन गर्दै साथ र आशीर्वाद दिएका छन्।

नेतृ सुजाता कोइराला आइतबार डा. शर्माको सचिवालयमा पुगेर भेटघाट गरेकी छन्। पूर्वपरराष्ट्रमन्त्री तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी पूर्वसभापति कोइरालाले महामन्त्री पदमा उम्मेदवारी दिएकोमा शर्मालाई समर्थन जनाउँदै विजयका लागि आशीर्वाद दिएकी हुन्।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्वसमेत सुजाता कोइरालाले हालै डा. शर्मालाई हस्तान्तरण गरेकी थिइन्। फाउन्डेसनको नेतृत्व हस्तान्तरणपछि भएको भेटमा कोइरालाले शर्माको राजनीतिक यात्रामा आफ्नो साथ र समर्थन रहेको सन्देश दिएकी हुन्।

महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै डा. शर्माले बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसलाई जनतासँग थप जोड्ने उद्देश्यले आफू अघि बढेको बताएका छन्। राजनीति पेसा नभई जनताको सेवा गर्ने माध्यम हुनुपर्ने मान्यतासहित आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

कांग्रेसभित्र लामो समयदेखि सक्रिय शर्माले आफू बीपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको राजनीतिक संस्कारबाट प्रभावित रहेको बताउँदै आएका छन्। पार्टीलाई संगठनको तहदेखि नै बलियो बनाउँदै नेता र कार्यकर्ताबीचको दूरी घटाउने तथा कांग्रेसलाई जनतासँग जोड्ने आफ्नो प्राथमिकता रहेको उनले बताउँदै आएका छन्। शर्माले यसअघि कांग्रेसको १५औँ महाधिवेशनका लागि मोरङ–३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरेका थिए। वडा तहदेखि सुरु भएको उनको महाधिवेशन यात्रा महामन्त्री पदको उम्मेदवारीसम्म आइपुगेको हो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार