डिजिटल युगको आवश्यकता पूरा गर्दै सुन्दरहरैंचामा एभरलिंक नेटवर्कको सेवा विस्तार


shiva
Single Before Content Ad

सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे, असोज १ गते

डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै इन्टरनेट दैनिक जीवनको अत्यावश्यक सेवा बन्दै गइरहेको अवस्थामा मोरङको सुन्दरहरैँचामा नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी एभरलिंक नेटवर्क सञ्चालनमा आएको छ। विश्वकर्मा पूजाको अवसर पारेर बिहीबार कम्पनीको औपचारिक शुभारम्भ गरिएको हो।

सुन्दरहरैँचा–१२, विराटचोकस्थित ट्राफिक बिटको पूर्वपट्टि कार्यालय रहेको एभरलिंक नेटवर्कले शुभारम्भकै दिनदेखि इन्टरनेट जडान सेवा सुरु गरेको जनाएको छ।

स्थानीय युवा उद्यमीहरू रामचन्द्र गिरी, रसिकराम भट्टराई र दीपेन्द्र गिरीको संयुक्त पहलमा स्थापना भएको एभरलिंक नेटवर्कले सुन्दरहरैँचा तथा आसपासका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र सुलभ इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

सुन्दरहरैँचाका विभिन्न क्षेत्रमा सेवा विस्तारको योजना

एभरलिंक नेटवर्कले विराटचोक, खोर्साने, सलकपुर, गोठगाउँ, गछिया, दुलारी, बाँसबारी र बलिया लगायतका क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ।

कम्पनीले ग्राहकको आवश्यकता र इन्टरनेट प्रयोगको प्रकृति अनुसार विभिन्न प्याकेज उचित मूल्यमा उपलब्ध गराउने जनाएको छ। साथै, इन्टरनेट सेवामा समस्या देखिएमा प्राविधिक टोलीमार्फत छिटो र सहज रूपमा समाधान गर्ने व्यवस्था मिलाइएको सञ्चालकहरूको भनाइ छ।

ग्राहकको आवश्यकता र विश्वासलाई प्राथमिकता

एभरलिंक नेटवर्कका सञ्चालक रामचन्द्र गिरी, रसिकराम भट्टराई र दीपेन्द्र गिरीले स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको सुन्दरहरैचा अपडेटलाई बताएका छन्।

उनीहरूले भने, “हाम्रो उद्देश्य केवल नयाँ ग्राहक थप्नु मात्र होइन, प्रत्येक ग्राहकसँग दीर्घकालीन सम्बन्ध र विश्वास कायम गर्नु हो। ग्राहकको आवश्यकता र बजेटअनुसार उपयुक्त इन्टरनेट प्याकेज उपलब्ध गराउँदै सेवामा कुनै समस्या आएमा प्राविधिक टोलीमार्फत सहज र छिटो समाधान गर्नु हाम्रो प्राथमिकता हुनेछ।”

सञ्चालकहरूले घरपरिवारदेखि व्यवसायसम्मलाई डिजिटल प्रविधिसँग जोड्दै स्थानीयस्तरमा इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

दसैँ, तिहार र छठलाई लक्षित गर्दै विशेष अफर

नेपालीहरूको महान् पर्व दसैँ, तिहार तथा छठको अवसरलाई लक्षित गर्दै एभरलिंक नेटवर्कले नयाँ इन्टरनेट जडान गर्ने ग्राहकका लागि विशेष अफरसमेत ल्याएको जनाएको छ।

कम्पनीले पर्वको खुसीसँगै नयाँ इन्टरनेट कनेक्सन जोड्न चाहने ग्राहकलाई विशेष अफरको लाभ लिन आग्रह गरेको छ।

स्थानीयस्तरमा इन्टरनेट सेवाको पहुँच विस्तार गर्दै डिजिटल आवश्यकतालाई सहज बनाउने उद्देश्यसहित सञ्चालनमा आएको एभरलिंक नेटवर्कले आगामी दिनमा ग्राहकको विश्वास र सन्तुष्टिलाई केन्द्रमा राखेर सेवा विस्तार गर्ने जनाएको छ।

📍 एभरलिंक नेटवर्क सम्पर्क विवरण

🏢 कार्यालय ठेगाना : सुन्दरहरैँचा–१२, विराटचोक, ट्राफिक बिटको पूर्वपट्टि

☎️ कार्यालय सम्पर्क : ०२१–५९१०४७
📱 मोबाइल सम्पर्क : ९७१४६०८२६१

एभरलिंक नेटवर्क — तपाईंको घर, व्यवसाय र डिजिटल भविष्यसँग जोडिने भरपर्दो सहयात्री।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार