इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा गोपाल प्रसाद पौडेल


shiva
Single Before Content Ad

सुन्दरहरैचा । शिव भट्टराई भोजपुरे

मोरङको सुन्दरहरैचा ९ बिराटचोक स्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार इन्द्रपुर जेसीज मङ्गल स्मृति सामुदायिक भवन विराटचाेकमा भएको साधारण सभामा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईको प्रमुख आतिथ्य रहेको थियो भने संस्थाका अध्यक्ष रामप्रसाद गजुरेलको अध्यक्षता रहेको थियो।

त्यसैगरी आज २४ औं वार्षिक साधारण सभामा संस्थाले गोपाल प्रसाद पौडेलको नेतृत्वमा ११ जनाकाे कार्य समिति तथा ३ जनाकाे लेखा समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको निर्वाचन समिती संयोजक गणेश प्रसाद दाहालले जानकारी गराएका छन्। त्यस्तै संस्थाको उपाध्यक्षमा योगराज काफ्ले, सचिवमा सन्तोषकुमार राई(वान्तवा), कोषाध्यक्षमा सुशीला सुवेदी, सदस्यमा राजबाबू सुवार, सोमराज गुरागाई, विन्दुकुमारी भट्टराई , गोविन्द बहादुर थापा, अर्जुन अजुरेल, विष्णु प्रसाईं, तारामान पौडेल, लेखा समिती संयोजकमा गंगाराम फुयाल चयन भएको दाहालले जानकारी दिएका छन्।

साधारण सभामा बोल्दै प्रमुख अतिथी गुरागाईले नव निर्वाचित कार्यसमितीलाई संस्थाको उन्नतीको लागी अझ उर्जाशील भएर कार्य गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गोपाल प्रसाद पौडेलले आगामी दिनमा सहकारीको नियामक निकायको निर्देशनलाई पालना गर्दै संस्थाको सर्वत्तम हितमा कार्य गर्ने बताएका छन्।

१ हजार ६ सय ७९ जना सेयर सदस्य रहेको संस्थाले साधारण सभाको अवसरमा जेष्ठ सेयर सदस्य, उत्कृष्ट कर्मचारीलाई सम्मान तथा असल ऋणी, असल बचतकर्ता, बाल बचत कर्ता, सामुदायिक र संस्थागत बिद्यालय तर्फबाट उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरी, लगायत विभिन्न व्यक्तीहरुलाई प्रशंसा पत्र सहित पुरस्कार वितरण गरेको थियो। साधारण सभामा पुर्व मन्त्री राजकुमार ओझा, सुन्दरहरैचा नगरपालिकाका नगर प्रवक्ता रोशन प्रसाद ढकाल, पुर्व उपमेयर धनमाया तामाङ, वडा अध्यक्ष प्रकाश श्रेष्ठ लगायत अन्य विशीष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार