सांसद डा. सुनिल शर्माको विशेष पहलमा नोवेलको निःशुल्क स्वास्थ्य शिविरबाट ३५२८ जना विरामीको निःशुल्क उपचार


Single Before Content Ad

सुन्दरहरैचा/

विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३५२८ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार भएको हो ।

संघिय सांसद डा. सुनिल कुमार शर्माको विशेष पहल तथा भोजपुर जिल्लाको प्रदेश सभा सांसद विनोद वान्तावाको समन्वयमा षडानन्द नगरपालिकाको आयोजना र अरुण गाउँपालिका, सल्पासिलिछो गाउँपालिकाको सहयोगमा दिङ्ला बजार स्थीत गान्धी अस्पतालमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले मिति २०८१ बैशाख १३ गते बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो ।

उक्त शिविरमा १७८३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार भएको छ । उक्त शिविरमा जाँच गराएका मध्ये १३४ जना विपन्न विरामीहरुको थप उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार हुने छ । उनीहरुले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य उपचारमा शल्यक्रिया समेत निःशुल्क हुने जनसम्पर्क अधिकृत नविन दाहालले बताए ।

त्यस्तै मिति २०८१ बैशाख १४ र १५ गते धनकुटा जिल्ला पाख्रीबास नगरपालिका स्थीत उत्तरपानीमा पाख्रीबास नगरपालिकाको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ८७५ जना विरामी लाभान्वित भएका छन् । मिति २०८१ बैशाख १६ गते धनकुटा कै चौबिसे गाउँपालिका बुधबारेमा चौबिसे गाउँपालिकाको आयोजनामा एक दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त अवसरमा ८७० जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो । जनसम्पर्क अधिकृत नविन दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएर थप उपचारका लागि रिफर भएका विरामीहरुको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सहुलियतमा उपचार हुने छ ।

डा. सुनिल शर्माको नेतृत्वमा पूर्वी नेपाल साथै सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा बृहत निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना हुँदै आएको छ । उक्त शिविरहरुबाट हजारौं विरामीहरु लाभान्वित भई सकेका छन् भने शिविरबाट थप उपचारका लागि रिफर भएका असक्त असाहय विरामीहरुको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार समेत हुँदै आएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार