इन्द्रपुर नमुना सेकेण्डरी स्कुलले गर्यो रक्तदान कार्यक्रम


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

आफ्नो सामाजिक उतरदायित्व बहन गर्दै मोरंको सुन्दरहरैंचा नगरपालिका वडा -१२ मा रहेको इन्द्रपुर नमुना सेकेण्डरी स्कुलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्द्रपुर जुनियर जेसिजको समेत सहयोग रहेको सो कार्यक्रममा ३० प्रिन्ट रगत संकलन भएको विधालयका प्रिन्सिपल शान्तिराम गौतमले बताएका छन। सो कार्यक्रममा शिक्षक, अभिभावक लगायतले रक्तदान गरेका थिए।

सो अवसरमा रक्तदान गर्ने व्यक्तिलाई प्रमाण पत्र वितरण गर्दै कार्यक्रम उदघाटन नगर शिक्षा शाखा प्रमुख लिला ओझाले गरेकी थिइन् । स्कुलका प्रबन्ध निर्देशक उत्सब थापाले समाजका निम्ति केही गर्नका लागी र बिधार्थीमा समाजप्रति उतरदायित्व निर्बाह गर्न यस किसिमका समाजिक काम गर्दै आएको बताएका छन । यति बेला दुर्घटना तथा शल्यक्रिया, प्रसूति लगायतका आपत्कालीन उपचार चाहिने बिरामी रगत नपाएकै कारण जीवन र मरणको अवस्थामा अस्पतालको शय्यामा छटपटाइरहेका छन। भनिन्छ रक्तदान नै जीवनदान हो । रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार