सुन्दरहरैंचाको गौरव ‘नेपालीरिका होटल’ खरानीमा, बुबाको सपना जल्यो – छोराको आँसुमा प्रतिज्ञा


shiva
Single Before Content Ad

सुन्दरहरैंचा/ सुन्दरहरैंचाको गर्वको प्रतीक, हजारौं परिवारका आशा र सपनाको केन्द्र ‘नेपालीरिका होटल’ हेर्दाहेर्दै आगोको लप्कामा खरानी बन्यो।

३२ वर्षअघि एक कलिलो ६ महिनाको उमेरमा बुवालाई गुमाएर आमा र समाजको मायामा हुर्किएका प्लो ग्रुपका संस्थापकले आफ्नो रगत, पसिना, श्रम र संकल्पको प्रत्येक थोपा सुन्दरहरैंचाको विकासका लागि नेपालीरिका होटलमा लगाएका थिए।

यो केवल होटल मात्र थिएन – यो सुन्दरहरैंचाको शान थियो, स्थानियको गर्व थियो, हजारौं परिवारको जीवनयापनको आधार थियो।

बुबाको सपना र इमानदारीपूर्ण परिश्रमको प्रतीक यो होटल एक अज्ञात षड्यन्त्र र व्यक्तिगत द्वेषको आगोमा जलेर नष्ट भयो।

अमेरिकाको न्युयोर्कमा व्यवसायिक कामका सिलसिलामा रहेका उनका छोरा आकाश दुलालले आँसु रोक्दै सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गरेका छन्।

“म निशब्द छु। निदाउन खोज्दा पनि बुबाका प्रश्नहरूले मलाई घेर्छन् – आखिर किन भयो? केका लागि भयो? कसले गर्यो? जसले गर्यो उसले के पायो?”

– आकाश दुलाल

आकाशका अनुसार, उनका बुबाले सधैं यही देशमा लगानी गर्नुपर्ने कुरा गर्दै आएका थिए।

विदेशमा सुरक्षित व्यवसाय गर्नुपर्छ भन्ने आकाशको आग्रहलाई बुबाले सधैं अस्वीकार गर्दै भन्थे,

“जे गर्ने हो यही देशमा गर्ने हो, यही ठाउँमा गर्नुपर्छ।”

 

‘नेपालीरिका’ जलेर मात्र नष्ट भएन, समाजको विश्वास पनि खरानी भयो

यो घटनामा होटलका इटा, ढुङ्गा, संरचना मात्र जलिएका छैनन्,

“एक उद्योगीको विश्वास, व्यवसायीको निष्ठा, समाजको विकास र हजारौं कर्मचारीको भरोसा पनि खरानी भएको छ”, आकाशले भावुक हुँदै लेखेका छन्।

उनका अनुसार, उनका बुबाले हजारौंलाई रोजगारी दिएका थिए, सरकारलाई पारदर्शी कर तिरेका थिए, समाजमा निरन्तर योगदान गरेका थिए।

तर, केही व्यक्तिको व्यक्तिगत ईर्ष्या, रिस र अराजकताले यो सपना ध्वस्त पारिदियो।

“जेन-जीको आन्दोलन भ्रष्टाचारविरुद्ध थियो, तर त्यही आन्दोलनलाई केही अराजक तत्वले व्यक्तिगत रिसइर्ष्यामा प्रयोग गरेर हाम्रो इमानदार मेहनत जलाए।”

मौन समाजप्रति पीडा

आकाशले समाजका सबै तहका व्यक्तिहरूलाई सम्बोधन गर्दै गहिरो प्रश्न उठाएका छन्:

“सबैजना किन चुप रहनुभयो?

जब सुन्दरहरैंचाको शान जलिरहेको थियो, किन अन्धा जस्तो भएर बस्नुभयो?

किन कसैले रोक्न सकेन?”

उनी भन्छन्,

“आज तपाईंका छोराछोरीहरूले तपाईंलाई सोध्नेछन् –

हजुरबुवा, किन मौन बस्नुभयो?

हजुरआमा, किन कराउनुभएन?

बुवा, किन आगो लगाउनुभयो?

आमा, किन सामान चोर्नुभयो?”

“म हार्दिनँ, फेरि उठ्छु” – आकाश दुलाल

भावनात्मक पीडामाझैँ आकाशले दृढ संकल्पसहित आफ्नो प्रतिज्ञा व्यक्त गरेका छन्।

“बुवा, म हारेको छैन।

नेपालीरिका होटलको प्रत्येक खरानी बोकेर फेरि उठ्नेछु।

यसलाई पुनर्निर्माण गर्नेछु।

PLO ग्रुप फेरि हिमालजस्तै अडिग र अटल रूपमा उभिनेछ।”

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार