साना किसान कृषि सहकारी संस्था मृगौलियाले गर्यो २५ औं वार्षिक साधारणसभा


shiva
Single Before Content Ad

सामना भट्टराई / सुन्दरहरैचा

 

सुन्दरहरैचा वार्ड नं ११ स्थित साना किसान कृषि सहकारी संस्था मृगौलियाको २५ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका प्रसाद चौलागाईंको प्रमुख आथित्यता रहेको थियो। साधारण सभामा अध्यक्ष हरि बहादुर बस्नेतले आर्थीक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन तथा प्रस्तावित नीति कार्ययोजनाहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौलागाईंले साना किसान कृषि सहकारी संस्थाले संस्थागत अनुशासन सहकारीका मूल्य मान्यता र सिद्धान्त र सहकारीका ऐन तथा कार्यविधीहरुको पालना गरेको देखीएको बताउँदै संस्थाको प्रगती र सफलताको शुभकामना व्यक्त गरेका थिए।

समाजमा रहेको गरिव साना किसानहरुलाई समुहमा आवद्ध गराई समुहकै माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक, सास्कृतिक उन्नती र नेतृत्व विकास गरि सदस्यहरुको जीवन स्तरमा सुधार ल्याउने उदेश्य रहेको यस संस्थाले सेयर पुँजी ३ करोड ६३ लाख १० हजार बनाएको छ। त्यसैगरी यस संस्थाले जम्मा १ हजार ५ सय ३६ सेयर सदस्य बनाउन सफल भएको छ।

उक्त साधारण सभाको अवसरमा जेष्ठ सेयर सदस्य, उत्कृष्ट उद्यमी विभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको थियो। साधारण सभामा प्रदेश कृषि सहकारी संघका अध्यक्ष खगेन्द्र राज भण्डारी, जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रविन्द्र आचार्य, साना किसान लघुवित्त वित्तिय संस्था लि सुनसरी इटहरीका शाखा प्रमुख दिपक राज पाण्डे, सुन्दरहरैचा वार्ड नं ११ का वडा अध्यक्ष विशनलाल चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार