सशस्त्र प्रहरी नेपालद्वारा सुन्दरहरैंचामा आवासीय विद्यालय संचालनका लागि स्थलगत अवलोकन


Single Before Content Ad

सुन्दरहरैचा/

आम जनताका छोराछोरीलाई समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले सशस्त्र प्रहरी नेपालद्वारा कोशी प्रदेशमै मोरङको सुन्दरहरैंचा नगरपालिकामा सुविधा सम्पन्न आवासीय विद्यालय निर्माणका स्थलगत अबलोकन गरेका छन।

कोशी प्रदेशका विद्यार्थीहरुलाई लक्षित गरी विद्यालय भवन निर्माणका लागी आइतबार नगरप्रमुख केदार प्रसाद गुरागाईंको अगुवाईमा १ नं बाहिनी पकली सशस्त्र प्रहरी एसएसपी रविन राज कर्णजित , मोरंग सशस्त्र प्रहरीका एसपी तिर्थ बहादुर थापा, डिएसपी मनोज बखुन्छे श्रेष्ठ, डिएसपी मातृका पौडेल लगायतको टोलीले स्थलगत अबलोकन गरेको हो।

अबलोकन क्रममा उपयुक्त वातावरण तथा मुख्य विराटचोक बजार देखि २ किलोमिटर उत्तर पर्ने बिधुत, यातायात र खानेपानी सुविधायुक्त ठाउँ रहेको १ नं. बाहिनी पकलीका सशस्त्र प्रहरी एसएसपी रविन राज कर्णजितले सकारात्मक व्याख्या गरेका छन् । एसएसपी कर्णजितका अनुसार प्रस्तावित आवासीय बिधालय स्थापना गरी र आगामी शैक्षिक शत्रदेखि पठनपाठन सुरु गर्ने लक्ष्य लिएको बताए । प्रक्रियागत रुपमै आगाडी बढेर काम गर्ने उल्लेख गर्दै स्कुल संचालन कार्यविधि अनुसार काम गर्ने समेत जानकारी दिएका छन ।

नगरप्रमुख केदार प्रसाद गुरागाईंले प्रदेशमै पहिलो सशस्त्र प्रहरी नेपालको नमुना बिधालय बनाउने बिषयमा आफुले बिगत ८ महिना देखि लागि परेको बताए । नगरपालिकाको यस क्षेत्र शान्त परियावरणमा रहेको र सम्भावित उपयुक्त ठाउँमा ४ बिघा जग्गा रहेको हुँदा आफुले कार्यपालिका , राजनीतिक दल, सरोकारवालासंग सहकार्य गर्दै पहल गरी अघि बढ्ने बताए । स्थलगत अबलोकन टोलिले समेत सकारात्मक प्रतिक्रिया दिएको भन्दै नगर प्रमुख गुरागाईंले यसबाट सकारात्मक प्रभाव पर्ने बिषयमा बिश्वस्त रहेको बताए ।

नगर प्रमुखले भने “स्थानीयले समेत सकारात्मक प्रतिकिया दिएको छ, यसलाई क्रमिक रुपमा असल अभ्यास संगै एउटा नमुना सिकाईको थलो बन्नेछ ” । सशस्त्र प्रहरीको संगठन टोलिले प्राम्भिक अवलोकन पछी उपयुक्त निष्कर्षमा पुग्ने कुरामा बिश्वस्त छु ।

नगरप्रमुख गुरागाईंले जग्गा प्राप्तिकाका लागि काननु संभवत अपनाउनु पर्ने प्रक्रिया अघि बढ्ने र नगरको बिशेष महत्वपूर्ण भूमिका रहने बिषयमा जोड दिएका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार